//

नगरपालिकामा अटोल्यान्ड व्यवस्था गर्न अनुरोध

ज्ञापनपत्र बुझाउँदै महासंघका महासचिव ठाकुर प्रसाद न्यौपानेले महासंघको पहलमा बुटवल, घोराही र तुल्सीपुरमा अटोल्यान्ड निर्माण गरि सकेको र चितवन, हेटौडा, दाङ्गको भालुवाङ्ग र कपिलबस्तुको चन्द्रौटामा पनि अटोल्यान्ड निर्माण गर्नको लागि पहल थालिएको बताए । उनले निकट भविष्यमा काठमाडौ उपत्यकामा अटोल्यान्ड निर्माण तत्काल गर्न नसक्ने हो भने अटो मेकानिक्स व्यवसायीहरु यो पेशाबाट विमुख हुनु पर्ने विषयलाई प्रष्ट्याई काठामाडौ उपत्यका, पोखरा, वीरगन्ज, विराटनगर, धरान, जनकपुर, झापा, नेपालगन्ज, धनगढी, कोहलपुर, महेन्द्रनगर, सुर्खेत लगायतका स्थानमा अटोल्यान्ड निर्माण गर्न स्थानिय निकायमार्फत पहल गरिदिन अनुरोध गरे ।


नेपाल अटो मेकानिक्स व्यवसायी महासंघले नेपाल नगरपालिका संघसँग नेपालभरका नगरपालिकामा अटोल्यान्डको व्यवस्था गर्न अनुरोध गरेको छ ।

महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले यस सम्बन्धी अनुरोध सहितको ज्ञापनपत्र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुलाई हस्तान्तरण गरे । सो अवसरमा नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका ३ नं. प्रदेश संयोजक दीपक खड्का र कार्यालय प्रमुख विकास खड्काको पनि उपस्थिति रहेको थियो ।

महासंघले नेपाल भरि रहेका नगरपालिका भित्र अटोल्यान्ड अर्थात सवारी साधन मर्मत सम्भार गर्ने क्षेत्रको व्यवस्था एकै स्थानमा गरिदिन पहल गरिदिन अध्यक्ष ब्याञ्जुलाई अनुरोध गरेको हो ।

उक्त अवसरमा अध्यक्ष अशोक ब्यान्जुले सवारी साधनको मर्मत सम्भार गर्ने महत्वपुर्ण भूमिका निर्वाह गर्ने अटो मेकानिक्सहरुको राज्यले उचित सम्मान गर्नु पर्ने बताए । नेपालमा बढ्दो शहरिकरणसँगै यस्तो महत्वपूर्ण पेशा र व्यवसाय संचालन गर्ने निश्चित क्षेत्र निर्माण प्रत्येक शहरमा गर्नु पर्ने र आफूले यसका विषयमा गहन छलफल गरि उचित व्यवस्था गर्न प्रत्येक नगरपालिकसँग छलफल गर्ने र महासंघले पनि आफ्नो तर्फबाट सम्भव भए सम्मका नगर प्रमुखहरुलाई यस विषयलाई बुझाउनु पर्ने सल्लाह दिए ।

सो अवसरमा अध्यक्ष ब्यान्जुले भने, ‘जहाँ सडक र सवारी त्यहाँ अटोमेकानिक्स पेशा व्यवसाय हुनु पर्दछ । यसो भयो भने मात्र सवारी साधनमा भएको लगानीलाई प्रतिफलमुखी बनाउन सकिन्छ । एक पटक आयात गरिएको सवारी साधनलाई सुरक्षित रुपमा संचालन गर्न उचित मर्मत सम्भारको आश्यकता पर्दछ सो काम तपाईहरुले गर्नु भएको छ । यो कामको उच्च मुल्याङ्कन पर्नु पर्दछ । अटो मेकानिक्सहरुले रोजगारी प्रदान गर्नुको साथै अरवौको लगानीलाई सुरक्षित बनाउने काम गर्नु भएकोमा धन्यवाद छ । यसमा रोजगारी श्रृजना गर्ने स्वदेशी स्वरोजगारलाई प्राथमिकता दिने काम तथा युवा जनशक्ती लाई यस पेशा प्रति आकर्षण गर्न पनि यहाँहरु लाग्नुहोस शुभकामना छ ।’

ज्ञापनपत्र बुझाउँदै महासंघका महासचिव ठाकुर प्रसाद न्यौपानेले महासंघको पहलमा बुटवल, घोराही र तुल्सीपुरमा अटोल्यान्ड निर्माण गरि सकेको र चितवन, हेटौडा, दाङ्गको भालुवाङ्ग र कपिलबस्तुको चन्द्रौटामा पनि अटोल्यान्ड निर्माण गर्नको लागि पहल थालिएको बताए । उनले निकट भविष्यमा काठमाडौ उपत्यकामा अटोल्यान्ड निर्माण तत्काल गर्न नसक्ने हो भने अटो मेकानिक्स व्यवसायीहरु यो पेशाबाट विमुख हुनु पर्ने विषयलाई प्रष्ट्याई काठामाडौ उपत्यका, पोखरा, वीरगन्ज, विराटनगर, धरान, जनकपुर, झापा, नेपालगन्ज, धनगढी, कोहलपुर, महेन्द्रनगर, सुर्खेत लगायतका स्थानमा अटोल्यान्ड निर्माण गर्न स्थानिय निकायमार्फत पहल गरिदिन अनुरोध गरे ।

न्यौपानेले मेकानिक्स पेशा व्यवसायको महत्व र यसबाट राष्ट्रलाई पुर्याइएको योगदानको वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए ।