आगामी समयमा, हार्ले डेभिडसनले आफ्नो ई–बाइक डिभिजनलाई सीरियल १ साइकल कम्पनीको नामबाट स्थापना गरेको छ जून इलेक्ट्रिक मोटरसाइकल उत्पादन परियोजनाको रुपमा शुरु भएको थियो ।
अटो कम्पनी हार्ले डेभिडसनले इलेक्ट्रिक बाइक प्रस्तुत गरेको छ । तपाई यसलाई इलेक्ट्रिक साइकल पनि भन्न सक्नुहुन्छ । किनभने यो सामान्य साइकल भन्दा धेरै फरक छैन ।
आगामी समयमा, हार्ले डेभिडसनले आफ्नो ई–बाइक डिभिजनलाई सीरियल १ साइकल कम्पनीको नामबाट स्थापना गरेको छ जून इलेक्ट्रिक मोटरसाइकल उत्पादन परियोजनाको रुपमा शुरु भएको थियो ।
सन् १९०३ मा हार्ले डेभिसनको सबभन्दा पुरानो मोटरसाइकललाई सिरियल नम्बर वन राखिएको थियो । कम्पनीले सीरियल १ साइकलको लागि छुट्टै टीम तयार गरेको छ ।
यही कारणले कम्पनीले यसलाई पनि सिरियल १ नाम राखेको हो । यस इलेक्ट्रिक बाइकको बिक्री अर्को बर्ष मार्चबाट सुरू हुनेछ । कम्पनीले अझै आफ्नो स्पेक सार्वजनिक गरेको छैन ।
सीरियल १ मा सेतो टायर छ र साधारण साइकलको जस्तै यसमा पनि पारंपरिक चेन सहित एक सीट र प्याडल रहेको छ । कम्पनीले सीरियल १ साइकलको लागि एउटा छुट्टै वेबसाइट पनि बनाएको छ ।
हार्ले डेभिडसन सीरियल १ साइकलको वेबसाइटमा १६ नोभेम्बरसम्म काउन्टडाउन टाइमर रहेको छ । यसको अर्थ कम्पनीले यसको बारेमा अधिक जानकारी १६ नोभेम्बरमा साझेदारी गर्न सक्दछ ।