सस्तो मूल्यको विद्युतीय कार ल्याउँदै हुण्डाई, कति हुन सक्छ मूल्य

 यो एसयुभी एकपटकको पूरा चार्जमा २ सय किलोमिटरभन्दा धेरै माइलेज दिने बताइएको छ ।


कोरियन अटोमोवाइल कम्पनी हुण्डाइले सस्तो मूल्यको नयाँ बिजुली कार बजारमा ल्याउने तयारी थालेको छ ।

कम्पनीले सन् २०२३ सम्म बजारमा ल्याउने गरी सस्तो मिनी एसयुभी ल्याउने तयारी गरेको छ । मिनी एसयुभी कारको मूल्य करिब १० लाख भारु हुने अनुमान गरिएको छ । यो एसयुभी एकपटकको पूरा चार्जमा २ सय किलोमिटरभन्दा धेरै माइलेज दिने बताइएको छ ।

कम्पनीले यसलाई सिटी कारका रुपमा बजारमा उतार्ने अनुमान गरिएको छ । सस्तो मूल्य र मध्यम रेजका कारण यो कार लोकप्रिय हुनेमा कम्पनी आशावादी देखिएको छ ।