बन्द हुन थाले उपत्यकाका यातायात कार्यालयहरु

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, ललितपुरले आइतबारदेखि नै सबै सेवा बन्द गरेको छ । कार्यालयका पाँच जना कर्मचारीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पोजेटिभ देखिएपछि तत्कालका लागि सबै सेवा बन्द गरेको हो ।


कोरोना संक्रमण फैलिएका  कारण उपत्यकाका यातायात कार्यालयहरुले सेवा प्रवाह बन्द गर्न थालेका छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठूलो भ¥याङले सेवा बन्द गरेको छ । तीन कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएकाले मंगलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि प्रवाह हुने सबै सेवाहरु स्थगित गरेको जनाएको हो ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, ललितपुरले आइतबारदेखि नै सबै सेवा बन्द गरेको छ । कार्यालयका पाँच जना कर्मचारीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पोजेटिभ देखिएपछि तत्कालका लागि सबै सेवा बन्द गरेको हो ।

यसअघि बन्द रहेको भक्तपुरको जगाती कार्यालय भने गत आइतबारदेखि पुनः आंशिकरूपमा सेवा दिनेगरी सञ्चालनमा आएको छ ।