बलियो ब्रेकिङ सिस्टम युक्त हिरो ग्लयामर ब्लेज

पर्फमेन्स र स्टाइलको कारण ग्ल्यामरलाई ग्राहकले धेरै रुचाएको हिरो मोटोकर्पका सेल्स र आफ्टर सेल्स डिपार्टमेन्ट हेड नविन चौहानले बताए ।


हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ भारतीय बजारमा ल्याएको  हो ।

ब्लेजमा १२५ सीसीको बीएस–६ इन्जिन जडान गरिएको छ । यो इन्जिनले ७ हजार ५ सय आरपीएममा १०.७ बीएपी पावर र ६ हजार आरपीएममा १०.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा २४० मिलिमिटरको डिस्क ब्रेक दिइएको छ । ठूलो डिस्क ब्रेक भएकाले यसको ब्रेकिङ सिस्टम बलियो हुने कम्पनीको दाबी छ ।

त्यस्तै मोटरसाइकलको ह्याण्डलमा युएसभी चार्जर र साइड स्ट्याण्ड इन्डिकेटर पनि दिइएको छ । त्यसैगरी यसमा आई३एस (आईडल स्टार्ट–स्टप सिस्टम) टेक्नोलोजी समावेस छ ।

पर्फमेन्स र स्टाइलको कारण ग्ल्यामरलाई ग्राहकले धेरै रुचाएको हिरो मोटोकर्पका सेल्स र आफ्टर सेल्स डिपार्टमेन्ट हेड नविन चौहानले बताए ।

ग्ल्यामर ब्लेजको प्रतिकृया पनि निकै राम्रो आइरहेको उनले बताए । यसको मूल्य ७२ हजार २ सय भारू तोकिएको छ ।