//

मोटरसाइकल कार्यालयको सेवा जोरबिजोरको आधारमा

कार्यालयले बुधबार एक सूचना जारी गर्दै असोज १५ देखि अर्को सूचना नआएसम्म जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लटका सवारीको कर तथा नवीकरणको काम हुने जनाएको छ । 


यातायात व्यवस्था कार्यालय‚ मोटरसाइकल सतुंगलले बिहीबार (असोज १५)देखि पुनः जोरबिजोरका आधारमा सेवा दिने भएको छ । उपत्यकामा बढ्दो कोरोना संक्रमणको जोखिमका कारण यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै असोज १५ देखि अर्को सूचना नआएसम्म जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लटका सवारीको कर तथा नवीकरणको काम हुने जनाएको छ । त्यस्तै कार्यालयले हरेक दिन दिउसो २ बजेसम्म त्यस्ता काम गर्ने उल्लेख गरेको छ ।

यातायात व्यवस्था सेवा कार्यालय काठमाडौं परिसरमा रहेका कर्मचारीलाई कोरोना संक्रमण भएकाले उक्त कार्यालय बन्द भइसकेको छ । यस्तो अवस्थामा कार्यालयले जोखिम न्यूनीकरण गर्न आधामात्र सेवाग्राही आउने अवस्था सहित सेवालाई निरन्तर्ता दिन खोजेको कार्यालयले जनाएको छ ।

कार्यालयले निषेधाज्ञा हटेपछि पूर्वा रुपमा सेवा दिँदै आएको थियो। असोज ३ देखि निषेधाज्ञा लाग्नु अघि पनि कार्यालयले जोखिम बढेको भन्दै जोरबिजोरका आधारमा सेवा दिँदै आएको थियो ।