//

स्याङयोङ सुपर डिस्काउन्टमा यस्ता अफर

आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ  । एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैया बराबरको निःशुल्क एक्सेसरिज, सात वर्ष सजिलो फाइनान्स पनि रहेको छ । साथै, तीन वर्ष वारेन्टि, निःशुल्क सर्भिसिङ (४ पटक वा रिफरल ग्राहकको लागि १ वर्षसम्म) छ ।



नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘स्याङयोङ सुपर डिस्काउन्ट’ ल्याएको छ । यस अफर अन्तर्गत ‘कोरियन लक्जरी एसयूभी, एक्सएलभी’ खरिदमामा तीन लाख रुपैयाँ प्राप्त गर्न सकिनेछ ।

साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप एक लाख डिस्काउन्ट दिइने जनाएको छ ।

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ  । एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैया बराबरको निःशुल्क एक्सेसरिज, सात वर्ष सजिलो फाइनान्स पनि रहेको छ । साथै, तीन वर्ष वारेन्टि, निःशुल्क सर्भिसिङ (४ पटक वा रिफरल ग्राहकको लागि १ वर्षसम्म) छ ।  

यस स्याङयोङ सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २० गते सम्ममात्र हुनेछ । 

स्याङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाइल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् । न्य मोडलहरु एसयूभीएस पिकअप ट्रक्स एमपीभीएस रहेका छन् ।