//

आजदेखि लामो दुरीका सवारी चल्ने

करिब ६ महिनादेखि अवरुद्ध रहेको लामोदुरीका सवारीसाधन बिहीबारदेखि सञ्चालन हुने भएका हुन् । सोमबारको मन्त्रिपरिषद्ले असोज १ गतेदेखि लामो दुरीको यातायात सेवा सञ्चालनमा ल्याउन अनुमति दिएको हो 



यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् ।

व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ ।

करिब ६ महिनादेखि अवरुद्ध रहेको लामोदुरीका सवारीसाधन बिहीबारदेखि सञ्चालन हुने भएका हुन् । सोमबारको मन्त्रिपरिषद्ले असोज १ गतेदेखि लामो दुरीको यातायात सेवा सञ्चालनमा ल्याउन अनुमति दिएको हो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजिनक गर्दै लामो दुरीको यातायात सञ्चालन हुने जानकारी दिएका थिए । ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ । एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको शर्त छ ।