//

भदौ २९ गतेबाट ३१ गते बुधबारसम्म ‘मेगा भर्चुएल अटो शो’

भर्चुयल अटो शो मार्फत गाडी किन्ने ग्राहकले आकर्षक नगद छुट, एक वर्षको बीमा सुविधा, एक वर्षको सडक दस्तुर, निःशुल्क एशोसरिज र मेगा भर्चुयल अटो शो बोनस प्राप्त गर्न सक्नेछन् ।




कोभिड १९ को कारण यसवर्षको अटो शो २०२० आयोजना हुन सकेन । तर, निसान र डाट्सनको आधिकारीक डिलर मेगा मोटर्सले ‘मेगा भर्चुृयल अटो शो’ आयोजना गर्ने भएको छ ।

मेगा मोटर्सले भदौ २९ गते सोमबारदेखि ३१ गते बुधबारसम्म भर्चुयल अटो शो आयोजना गर्न लागेको जानकारी दिएको छ । 

‘यस वर्ष अटो शो हुन सकेन । अघिल्ला वर्ष जस्तै अटो शोमा आउने उत्कृष्ट अफरमा गाडी किन्न चाहने ग्राहकलाई निरास नपार्न हामीले भर्चुयल अटो शो गर्न लागेका हौं’ मेगा मोटर्सका प्रबन्ध निर्देशक महेश पालले बताए ।

भर्चुयल अटो शो मार्फत गाडी किन्ने ग्राहकले आकर्षक नगद छुट, एक वर्षको बीमा सुविधा, एक वर्षको सडक दस्तुर, निःशुल्क एशोसरिज र मेगा भर्चुयल अटो शो बोनस प्राप्त गर्न सक्नेछन् ।

यसरी सबै मिलाएर कम्पनीले साना गाडीमा करिब ३ लाख ५० हजार र ठूला गाडीमा ४ लाख ५० हजारसम्मको छुट दिने जनाएको छ ।

कम्पनीले यस भर्चुयल अटो शोमा निसान र डाट्सनका गाडीहरु शोकेश गर्ने छ । जहाँ २० लाख रुपैयाँदेखिका कारहरु किन्न सकिने छ ।