autoexpress

हाई–टेक प्रिमियम सेडान इलैन्ट्रा भारतमा सार्वजनिक

इलैन्ट्राको इन्टेरियर पनि प्रिमियम र आकर्षक छ । यसमा नयाँ इन्स्टुमेन्टर क्लस्टरका साथै मल्टी–इन्फर्मेशन डिस्प्ले जडान गरिएको छ । प्रिमियम फिचरको रुपमा वायरलेस फोन चार्जर, फ्रन्ट वेन्टिलेटेड सिट, स्र्पोटी फ्रन्ट डिजाइन, टिल्ट र टेलिस्कोपिक स्टेरिङ ब्हील छ । 


हुन्डाई मोटरले भारतमा पहिलो पटक कनेक्टेड तथा हाई–टेक प्रिमियम सेडान इलैन्ट्रा २०१९ सार्वजनिक गरेको छ । नयाँ इलैन्ट्रा  प्रिमियम डिजाइनमा उपलब्ध हुनुका साथै हुन्डाईको ब्लू लिंक फिचर पनि राखिएको छ । कम्पनीको इलैन्ट्रा चार भेरिएन्ट एस, एसएक्स, एसएक्स एटी र एसएक्स(ओ) एटीमा उपलब्ध छ । यसकोे सुरुवाती मूल्य १५ लाख ८९ हजार भारु र टप भेरिएन्टको मूल्य २० लाख ३९ हजार भारु तोकिएको छ । 

नयाँ इलैन्ट्रामा आधुनिक र बोल्ड एक्सटेरियर दिइएको छ । यसमा नयाँ फ्रन्ट ग्रिल, डायनामिक हेड र टेल ल्याम्प, कूपे रुफ लाइन तथा नयाँ फ्रन्ट बम्पर छ । यसका साथै फ्रन्टमा नयाँ हेक्सागनल ग्रिल दिइएको छ भने यसको साइड प्रोफाइल धेरै बलियो छ । यो फुल वोल्यूम व्हील आर्क र बलियो लाइन्समा उपलब्ध छ । यसको रियर डिजाइन पनि आकर्षक र प्रिमियम छ । इलैन्ट्रामा १६ इन्चको स्टाइलिस अलोय व्हील छ । कम्पनीले कारमा एलइडी क्वाड प्राजेक्टर हेडल्याम्पमा एलइडी डीआरएलएस दिइएको छ । टेलल्याम्प पनि एलइडी छ । 

इलैन्ट्राको इन्टेरियर पनि प्रिमियम र आकर्षक छ । यसमा नयाँ इन्स्टुमेन्टर क्लस्टरका साथै मल्टी–इन्फर्मेशन डिस्प्ले जडान गरिएको छ । प्रिमियम फिचरको रुपमा वायरलेस फोन चार्जर, फ्रन्ट वेन्टिलेटेड सिट, स्र्पोटी फ्रन्ट डिजाइन, टिल्ट र टेलिस्कोपिक स्टेरिङ ब्हील, अटो क्रुज कन्ट्रोल, १०–वे इलेक्ट्रिकली एडजस्टेबल ड्राइभर सिट, रियर एसी वेन्ट्स र प्रिमियम एल्यूमिनियम स्कफ प्लेट्स राखिएको छ । हुन्डाईको ब्लू लिंक टेक्नोलोजीमा समावेश गरिएको ३४ फिचरका साथै भारतीय बजारका लागि नयाँ १० फिचर थप गरिएको छ । 

बीएस ६ को कार २.० लिटर एनयू पेट्रोल इन्जिनमा उपलब्ध छ । ६ स्पीड म्यानुअल तथा  ६ स्पीड अटोमेटिक ट्रान्समिसन छ । कारको इन्जिनले ६२०० आरपीएममा १५२ पीएस शक्ति र ४००० आरपीएममा १९२ एनएम टर्क उत्पादन गर्छ । 

सुरक्षाका लागि यसमा ६ एयरब्याग, एबीएसका साथै इबीडी जाडन गरिएको छ । आइसोफिक्स, सिटबेल्ट रिमाइन्टर, रियर पार्किङ सेन्सर, स्पीड सेन्सिङ, अटो डोर लक र इम्पेक्ट सेन्सिङ अटो डोर अनलक पनि छ । कम्पनीले टायर प्रेसर मोनिटरिङ, फ्रन्ट और रियर पार्किङ सेन्सरका साथै रियर क्यामरा, बर्गलर अलार्म, हिल असिस्टेन्ट कन्ट्रोल, इलेक्ट्रिोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, रियर डिफोगर छ । टाइमर, फ्रन्ट अटो डिफोगर, हेडल्याम्प एस्कोर्ट फक्सन, स्पीड अलर्ट सिस्टम र फ्रन्ट र रियर डिस्क ब्रेक राखिएको छ । 

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel