autoexpress

सुन्दर यातायातले बिद्युतीय बस बेच्ने

सुन्दरले १०.५ मिटर, ८.५ मिटर, १२ मिटर र ७.५ मिटर लम्बाइका गरी कुल ४ प्रकारका गाडीको बुकिङ खुल्ला गरेको हो। १०.५ मिटर बसको १ करोड ६२ लाख, ८.५ मिटर बसको १ करोड ५५ लाख ३५ हजार , १२ मिटर बसको १ करोड ७२ लाख ३५ हजार र ७.५ मिटरको बसको मूल्य १ करोड ३२ लाख ३५ हजार निर्धारण गरिएको छ। 


राजधानीको चक्रपथमामा बिजुली बस संचालनमा ल्याएको सुन्दर यातायातले बिक्री पनि गर्ने भएको छ । सुन्दर यातायात ट्रेर्डस प्रालिको नाममा बिक्री गर्न लागेको हो । यसका लागि कम्पनीले बुकिङ खुल्ला गरेको छ। 

कम्पनीले दसैंतिहारको अवसरमा ७५ प्रतिशत फाइनान्सको सुविधा सहित बीएके ब्रण्डका बिजुली बसको बुकिङ खुला गरेको हो।

कम्पनीले १०.५ मिटर, ८.५ मिटर, १२ मिटर र ७.५ मिटर लम्बाइका गरी कुल ४ प्रकारका गाडीको बुकिङ खुल्ला गरेको हो।

१०.५ मिटर बसको १ करोड ६२ लाख, ८.५ मिटर बसको १ करोड ५५ लाख ३५ हजार , १२ मिटर बसको १ करोड ७२ लाख ३५ हजार र ७.५ मिटरको बसको मूल्य १ करोड ३२ लाख ३५ हजार निर्धारण गरिएको छ। 

गाडी खरिद गर्नेलाई प्रत्येकमा तीनदेखि पाँच लाख रुपैयाँसम्म छुटको व्यवस्था समेत गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ७२.८५ देखि २०६.५ किलोवाट पावर व्याट्री क्षमता रहेका यी गाडीले फुल चार्जमा २५० देखि २६८ किलोमिटरसम्म माइलेज दिनेछ। 

कम्पनीले गाडी र गाडीको ब्याट्रीमा पाँच वर्षको वारेन्टी प्रदान गर्ने थापाले जानकारी दिए। ‘चक्रपथमा हाम्रो बिद्युतीय बसको सफतापूर्वक परिक्षण सम्पन्न भएको छ । यसले काठमाडौंमा विद्युतीय बस सम्भव देखाएको छ,’ थापाले भने, ‘हामीले आफूले प्रयोग गरेपछि मात्र गाडी बजारमा ल्याउन लागेका हौं।’ 

बुकिङ गरेको ९० दिन भित्र ग्राहकलाई गाडी उपलब्ध गराउने थापाको दाबी छ। बिजुली बस बिक्री वितरण सुरु गरेपनि नयाँ रुटमा सार्वजनिक सवारीको लागि पनि बस थप्दै जाने कम्पनीले जनाएको छ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel