autoexpress

सिएट टायरले होली रङमा सार्वजनिक ग¥यो विशेष टायर

यो टायरको उच्च ग्रीप क्षमता, राम्रो पकड, स्मुथ र स्टेबल जस्ता गुणका कारण उपभोक्ताहरु लोभिएका छन् । सिएटका सबै आउटलेटमा यो टायर उपलब्ध गराइएको छ । सिएट लिमिटेडको प्रमुख बजार प्रबन्धक अमित तोलानीले भनेका छन्



भारतको टायर निर्माता कम्पनी सिएटले लिमिटेड एडिसन जुम ¥याड ट्यूबलेस टायरको तीन वटा मिश्रित रङका साथ सार्वजनिक गरेको छ । कम्पनीले होली पर्वका अवसर पारेर रंगिन टायर सार्वजनिक गरेको हो जसको निक्कै सकारात्मक चर्चा भइरहेको छ । 

टायरमा निलो र सुन्तला रङको मिश्रण देख्न पाइन्छ । यो टायर दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी यामाहाको एफजेड, फेजर तथा सुजुकीको जिक्सर र इन्टुडर मोडलका लागि प्रयोग गर्न सकिन्छ । यी नै बाइकका लागि लक्षित गरी नयाँ टायर सार्वजनिक गरेको कम्पनीको भनाई छ ।

लिमिटेड एडिसन सिएट जुम ¥याड ट्यूबलेस टायर मोटरसाइकिल रेडिएल्समा उपलब्ध छ । यो मोडल र रङले उपभोक्तालाई निक्कै लोभ्याएको छ । विशेष रङका साथै टायरलाई थप चौडा आकार दिइएको छ । तेस्तै उच्च गुणस्तरीय रबर सामग्रीबाट उत्पादन गरिएको छ । यो टायरको आयू अन्यको तुलनामा बढी रहेको कम्पनीको दाबी छ ।

यो टायरको उच्च ग्रीप क्षमता, राम्रो पकड, स्मुथ र स्टेबल जस्ता गुणका कारण उपभोक्ताहरु लोभिएका छन् । सिएटका सबै आउटलेटमा यो टायर उपलब्ध गराइएको छ । सिएट लिमिटेडको प्रमुख बजार प्रबन्धक अमित तोलानीले भनेका छन्, ‘हामीले होली पर्वबाट प्रेरणा लिदै लिमिटेड एडिसनको टायर सार्वजनिक गरेका हौं, जहाँ रङहरुको प्रयोग गरिएको छ । हाम्रो सन्देश एक्सप्रेस योर सेल्फका साथ उपभोक्तालाई रङ्गका साथ आपूmलाई प्रस्तुत गर्न मदत मिलेको छ । हाम्रो दृष्टि प्रत्येक दिनको गतिलाई सुुरक्षित बनाउनुका साथै स्मार्ट पनि बनाइराख्नु हो ।’

उनले जुम ¥याड टायरलाई उपभोक्ताको जरुरत अनुसार डिजाइन गरी बजारमा ल्याएको बताए । बाइक चलाउन्जेल उत्कृष्ट नियन्त्रण र स्थीरता मिल्ने गरी टायरको डिजाइन गरिएको उनले बताए । 

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel