autoexpress

सवारीसाधनले बीमामा छुट पाउने

हाल अधिकांश सवारीसाधन थन्किएको र केही सवारीसाधन आंशिक संचालनमा रहेको अवस्थामा बीमा जोखिम पनि न्यून भएको भन्दै समितिले प्रिमियममा राहतको व्यवस्था गर्न भनेको हो । त्यस्तै चालु बीमा अवधिमा दावी परिसकेको सवारीसाधनको हकमा भने थन्किएको अवधिको लागि छुट लागू नहुने समितिले स्पष्ट पारेको छ । 


बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई लकडाउन अवधिको सवारीसाधनको बीमा शुल्क (प्रिमियम)मा छुट दिन निर्देशन दिएको छ ।

समितिले लकडाउन अवधि (चैत ११ देखि समाप्त नभएसम्म) को अवधि गणना गरी प्रिमियम शुल्कमा छुट दिन कम्पनीहरुलाई निर्देशन दिएको हो ।

हाल अधिकांश सवारीसाधन थन्किएको र केही सवारीसाधन आंशिक संचालनमा रहेको अवस्थामा बीमा जोखिम पनि न्यून भएको भन्दै समितिले प्रिमियममा राहतको व्यवस्था गर्न भनेको हो ।

त्यस्तै चालु बीमा अवधिमा दावी परिसकेको सवारीसाधनको हकमा भने थन्किएको अवधिको लागि छुट लागू नहुने समितिले स्पष्ट पारेको छ । 

त्यस्तै आंशिक संचालन भएका अत्यावश्यक सेवाका सवारीसाधनको हकमा सरकारले दिएको सवारीपासको अवधि छुट्याई थन्किएको अवधि गणना गरी प्रिमियम रकम तय गर्न समितिले भनको छ । 

प्रिमियममा छुट दिनका लागि समितिले थन्किएको अवधिको गणना गर्ने हिसाव समेत स्पष्ट पारेको छ ।


  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel