autoexpress

सवारी कर्जामा अंकुश

सवारी कर्जामा अंकुश निजी गाडी किन्न ५० प्रतिशत डाउन पेमेन्ट

केन्द्रीय बैंकले ०७४–७५ मा ल्याएको मौद्रिक नीतिको मध्यावधी समिक्षा गर्दै निजी सवारी साधन खरिदमा ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउने व्यस्था गरेको थियो । त्यसअघि बंैक तथा बित्तिय संस्थाले उपभोक्तासँगको समझदारीमा ८० प्रतिशतसम्म फाइनान्स गर्दै आएका थिए । निजी गाडीको संख्या बढेको र आयात दर पनि धेरै देखिएकाले नियन्त्रण गर्न सरकारले अटोमोबाइलको कर्जामा नियन्त्रण गर्न थालेको हो ।



सरकारले फेरी एक पटक निजी सवारी साधन खरिद गर्नेलाई निरुत्साहित गर्ने नीति अख्तियार गरेको छ । बंैक तथा बित्तिय संस्थाको नियामकका रुपमा काम गर्दै आएको नेपाल राष्ट्र बैंकले सवारी कर्जामा अंकुश लगाएको हो । राष्ट्र बैंकले कात्तिक तेस्रो साता एक निर्देशन जारी गदैनिजी सवारीसाधनको कर्जा सीमा ६५ प्रतिशतबाट झारेर ५० प्रतिशतमा कायम गरेको हो ।

यो व्यवस्थापछि सर्वसाधारणले निजी सवारी खरिद गर्दा बैंक तथा वित्तीय संस्थाबाट ५० प्रतिशत मात्रै कर्जा प्राप्त गर्न थालेका छन् । अर्थात् सर्वसाधारणले गाडीको कुल मुल्यको ५० प्रतिशत रकम भुक्तान गरी बाँकी ५० हुन आउने रकम बैंक फाइनान्स गरी किस्ताबन्दीमा तिर्नु पाउनेछन् । व्यक्तिगत विद्युतीय सवारी कर्जाको सीमालाई भने ८० प्रतिशतमै यथावत राखिएको छ । अर्थात् विद्युतीय सवारीसाधन खरिद गर्ने व्यक्तिले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ ।

केन्द्रीय बैंकले ०७४–७५ मा ल्याएको मौद्रिक नीतिको मध्यावधी समिक्षा गर्दै निजी सवारी साधन खरिदमा ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउने व्यस्था गरेको थियो । त्यसअघि बंैक तथा बित्तिय संस्थाले उपभोक्तासँगको समझदारीमा ८० प्रतिशतसम्म फाइनान्स गर्दै आएका थिए । निजी गाडीको संख्या बढेको र आयात दर पनि धेरै देखिएकाले नियन्त्रण गर्न सरकारले अटोमोबाइलको कर्जामा नियन्त्रण गर्न थालेको हो ।

आर्थिक बर्ष ०७४–७५ को मौद्रीक नीतिले ५० प्रतिशत फाइनान्स गर्न पाउने व्यवस्था गरेपछि व्यवसायीले कडा प्रतिवाद गरेका थिए । त्यसपछि चालू आर्थिक बर्ष ०७५–७६ को मौद्रीक नीतिमार्फत सवारी कर्जाको धितो मूल्यांकनलाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पु¥याएको थियो । ३५ प्रतिशत मात्र डाउनपेमेन्टको प्रवाधानले व्यवसायी र उपभोक्ता केही राहत महसुस गरिरहेका थिए । तर, यो बर्षको दशैंमा गाडी आयातदर उच्च भएपछि सरकारले पुन ५० प्रतिशत डाउनपेमेन्ट र ५० प्रतिशत फाइनान्सको व्यवस्था कार्यान्वयन गरेको हो ।


सवारीसाधनको आयात उच्च देखिएका कारण त्यसलाई केही नियमन गर्न नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । चालू आवको पहिलो तीन महिनामै नेपालमा ५४ अर्ब रुपैयाँ भन्दा बढीको सवारीसाधन आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा र अहिलेको तीन महिनामा अटोमोबाइल आयात उच्च देखिएपछि त्यसलाई नियमन गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘एकातर्फ अटोमोबाइलको आयात उच्च छ भने अर्कातर्फ पेट्रोलको आयात पनि उच्च छ,’ उनले भने, ‘आवश्यकताभन्दा बढी आयात भएका कारण त्यसलाई रोक्न सवारी कर्जामा केही अंकुश लगाइएको हो ।’

निजी सवारीसाधनको धितो मूल्यांकन घटाउने राष्ट्र बैंकको निर्णयले चौतर्फी समस्या सिर्जना गर्ने व्यवसायीले दाबी गरेका छन । व्यवसायीले तिहार, छठलगायत अवसरलाई लक्षित गरी आयात गरेर स्टक राखेको सवारीसाधन अब बिक्री हुन नसक्ने नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष शम्भु दाहालले बताउँछन् । ‘दशैं, तिहार लक्षित गरेर उपभोक्ताले सवारी बुकिङ गरिसकेका छन्, अब ६५ प्रतिशत फाइनान्स नहुँदा उपभोक्ता र व्यवसायीलाई समस्या हुनेछ,’ उनले भने, ‘यसले मुलुकको राजस्वसमेत प्रभावित हुनेछ ।’ तत्काललाई यो निर्णय लागू गर्न नहुने उनको भनाइ छ ।

नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष अन्जन श्रेष्ठ राष्ट्र बैंकले अटोमोबाइलमा पुन अंकुश लगाउनु राम्रो नभएको प्रतिक्रिया दिन्छन् । ‘बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलताको अभाव हुँदा यस क्षेत्रलाई सधैँ यस्तै गरिँदै आएको छ । तर, लगातार तीन वर्षदेखि एउटै समयमा लगानीयोग्य तरलताको अभाव किन भइरहेको छ भन्ने विषयमा राष्ट्र बैंक मौन छ’ उनले भने, ‘त्यसैले यसबारे सोधीखोजी गर्नु आवश्यक छ ।

उनले अटोमोबाइल उत्पादनको  साधन भएकाले फाइनान्समा धेरै कडाई गर्न नहुने बताए । ‘अटोमोबाइलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन दिएको योगदानको अवमूल्यन भएको छ । यसर्थ, निजी सवारीको धितो मूल्यांकनलाई घटाउने निर्देशन सच्याएर पुनः ६५ प्रतिशत नै बनाइनुपर्छ’ उनले भने  ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel