autoexpress

सडक दुर्घटना

ट्राफिक प्रहरीले पछिल्लो समय एउटा डरलाग्दो तथ्यांक निकालेको छ, त्यो के भने करिब ७४ प्रतिशत सडक दुर्घटना चालकका कारण हुने गरेका छन् । यो भनेको पूर्ण रुपले लापरबाही हो । अदक्ष चालकले गाडी चलाउँदा दुर्घटना बढेको छ । अर्कातिर मादक पदार्थ सेवन गरेर गाडी चलाउने पनि उत्तिकै छन् । एउटा चालकको लापरबाहीले बसमा यात्र गर्ने सम्पूर्ण यात्रुको जीवन जोखिममा पार्नु सानो अपरध होइन । 



नेपालमा बर्षेनी सडक दुर्घटनाका कारण अकालमा मानिसले मृत्यु बहन गरिरहनुपरेको छ । सडक दुर्घटनाबाट मृत्यु नभएको कुनै  दिन नै पाउन छाडिएको छ । ट्राफिक प्रहरीका अनुसार बर्षमा दुई हजार भन्दा बढी व्यक्तीले दुर्घटनाकै कारण मृत्यु रोज्नुपरेको यथार्थता छ । बर्षेनी सडक दुर्घटनाको संख्या र मृत्यु हुनेको संख्या बढिरहेको छ । प्रहरीका अनुसार बर्षमा १० हजार भन्दा बढी सडक दुर्घटना हुने गरेका छन् । जसबाट सो संख्या भन्दा बढी मानिसहरु घाइते बन्ने गरेका छन् । सडक दुर्घटना कतिपय मानवीय गल्तीका कारण भइरहेका छन् भने कतिपय पूर्वाधार निर्माणमा गरिएको हेलचेक्राइलाई दोष दिने गरिएको छ ।


ग्रामिण र पहाडी क्षेत्रमा बाटोको असुविधा छ । जसकारण साँघुरो बाटोमा ठूला, साना बस यात्रा गर्नुपर्ने बाध्यता छ । कच्ची र ग्राभेल बाटो धेरै भएका कारण त्यस्यता बाटोमा गुड्ने सवारी साधन दुर्घटनामा बढी परेका छन् । त्यसबाट धन, जनको क्षति बढिरहेको छ । अर्कातिर पुराना सार्वजनिक बसको उपयोग बढेको छ । नयाँ हुन्जेल सहरी क्षेत्रमा गुड्ने र पुरानो र धुँवा बढी फाल्ने भएपछि सरकारले संचालनमा कडाई गर्छ । त्यसपछि ग्रामिण क्षेत्रमा पुराना बस संचालन गर्ने प्रवृत्ति बढेको छ । पुराना बसमा जेन्युन पार्टस्को उपयोग पनि कम हुने गर्छ । जसकारण ब्रेक, क्लच, एक्सिलेटरले भनेको समयमा काम नगर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।


ट्राफिक प्रहरीले पछिल्लो समय एउटा डरलाग्दो तथ्यांक निकालेको छ, त्यो के भने करिब ७४ प्रतिशत सडक दुर्घटना चालकका कारण हुने गरेका छन् । यो भनेको पूर्ण रुपले लापरबाही हो । अदक्ष चालकले गाडी चलाउँदा दुर्घटना बढेको छ । अर्कातिर मादक पदार्थ सेवन गरेर गाडी चलाउने पनि उत्तिकै छन् । एउटा चालकको लापरबाहीले बसमा यात्र गर्ने सम्पूर्ण यात्रुको जीवन जोखिममा पार्नु सानो अपरध होइन । तसर्थ यसलाई नियन्त्रण गर्न नागरिक समाज र प्रहरी भन्दा गाडी धनी मुख्य जिम्मेवार हुनुपर्छ । गाडी धनीले तलब, सुविधा दिएर राख्ने चालक राम्रो हुनुपर्छ भन्ने कुरामा होसियारी अपनाउने हो भने दुर्घटनाको संख्यालाई धेरै कम गर्न सकिन्छ ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel