autoexpress

लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात

ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५०५को साथ दिनेछ । यस्का साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, निःशुल्क सडक कर (आव ७७/७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् ।

 हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हाल कोभिड–१९ को बदलिँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिन विशेष प्याकेज ल्याएको छ ।

जस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् । हाल कोभिड–१९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बद्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको छ । 

ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५०५को साथ दिनेछ । यस्का साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, निःशुल्क सडक कर (आव ७७/७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् ।

यस बिसम् परिस्थितीमा कोरोना भाइरस बिरुद्ध तत्पररही लडी रहेका स्वास्थ्यकर्मीहरुका लागि हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् । यससँगै ४ वर्ष को निःशुल्क सर्भिस र तीनवर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।