autoexpress

लकडाउनमा सार्वजनिक भएका ५ कार

भारतीय बजारमा हन्डाईले नयाँ हुन्डाई भेर्ना बीएस–६ सार्वजनिक गरेको छ । हुन्डाई भेर्ना बीएस–६ को सूरुवाती मूल्य ९ लाख ३० हजार ५८५ भारु तोकिएको छ । हुन्डाई भेर्ना बीएस–६ तीन भेरियन्टमा उपलब्ध छ ।


भारतमा कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरिएको छ । लकडाउनका कारण व्यापार व्यवसायदेखि मानिसको चहलपल पनि बन्द छ । यस्तो अवस्थाले अटोमोबाइल्स उद्योग पनि शिथिल छ । लकडाउनको समयमा भारतमा पाँच नयाँ कार सार्वजनिक भएका छन् । ती कार यी हन्ः

एमजी हेक्टर बीएस–६


भारतीय बजारमा एमजी मोटर इन्डियाले हेक्टरको बीएस–६ डिजल भेरियन्ट सार्वजनिक गरेको छ । एमजी हेक्टर बीएस–६ को सूरुवाती मूल्य १३ लाख ८८ हजार भारु र अधिकत मूल्य १७ लाख ७३ हजार भारु तोकिएको छ । यो एसयूभीको मूल्य बीएस–४ मोडलको तुलनामा ४५ हजार भारु बढेको छ ।

महिन्द्र बोलेरो बीएस–६


भारतीय बजारमा महिन्द्राले बीएस–६ इन्जिनमा बोलेरो सार्वजनिक गरेको छ । महिन्द्र बोलेरो बीएस–६ को सूरुवाती मूल्य ७ लाख ७६ हजार भारु तोकिएको छ । बोलेरोमा १.५ लिटरको ३ सिलिन्डिर युक्त एमहक७५ डिजल इन्जिन छ । 

हुन्डाई भेर्ना बीएस–६ 


भारतीय बजारमा हन्डाईले नयाँ हुन्डाई भेर्ना बीएस–६ सार्वजनिक गरेको छ । हुन्डाई भेर्ना बीएस–६ को सूरुवाती मूल्य ९ लाख ३० हजार ५८५ भारु तोकिएको छ । हुन्डाई भेर्ना बीएस–६ तीन भेरियन्टमा उपलब्ध छ ।

टाटा नेक्सन एक्सजेट प्लस(एस)


भारतीय बजारमा टाटा मोटर्सले टाटा नेक्सन एक्सजेट प्लस(एस) भेरियन्ट सार्वजनिक गरेको छ । टाटा नेक्सन एक्सजेट प्लस(एस) को पेट्रोल भेरियन्टको सूरुवाती मूल्य १० लाख १० हजार भारु र डिजल भेरियन्टको मूल्य ११ लाख ६० हजार भारु तोकिएको छ । 

मारुती सुजुकी सेलेरियो एक्स बीएस–६


भारतीय बजारमा मारुती मारुती सुजुकीले सेलेरियो एक्स बीएस–६ भेरियन्टमा सार्वजनिक गरेको छ । मारुती सुजुकी सेलेरियो एक्स बीएस–६ को सूरुवाती मूल्य ४ लाख ९० हजार भारु छ । सेलेरियो एक्समा १.० लिटरको ३ सिलिन्डर युक्त इन्जिन छ । यो इन्जिनले ६००० आरपीएममा ६६ एचपी शक्ति र ३५०० आरपीएममा ९० एनएम टर्क उत्पादन गर्छ । 

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel