autoexpress

भेस्पा र अप्रिलिया स्कुटरमा ५ हजार छुट

सुरक्षित यात्राको यस अफरअन्तर्गत भेस्पा र अप्रिलिया स्कुटर किन्दा ५ हजार नगद छुट पाइने छ । त्यसैगरी दुवै ब्रान्डमा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने दुई आर्थिक वर्षको सडक दस्तुर समेत निःशुल्क हुनेछ । 


भेस्पा र अप्रिलिया स्कुटर किन्दा विशेष अफर पाइने भएको छ । 

नेपालका लागि भेस्पा तथा अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले हालको अवस्थामा सुरक्षित यात्राको लागि यो अफर ल्याएको बताएको छ ।

यस अन्तर्गत भेस्पा र अप्रिलिया स्कुटर किन्दा ५ हजार नगद छुट पाइने छ । त्यसैगरी दुवै ब्रान्डमा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने दुई आर्थिक वर्षको सडक दस्तुर समेत निःशुल्क हुनेछ । एसेसरिज अन्तर्गत हेलमेट, कभर, फुटम्याट र किरिङ उपलब्ध हुनेछ ।

यी दुवै स्कुटरका लागि एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध भएको कम्पनीले बताएको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी कम्पनीले अनलाइनबाटै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्रि डेलिभरी समेत गराउने बताएको छ ।


हालको कोभिड–१९ को संक्रमण हुने डरको अवस्थामा आफ्नो दैनिक जीवनमा फर्केर काम गर्न सजिलो होस् भनेर यो योजना शुरु गरिएको भेस्पा अप्रिलियाको मार्केटिङ म्यानेजर करुणा पुडासैनी बताउँछिन् 

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel