autoexpress

भृकुटीमण्डपमा बजाजको ग्रान्ड एक्सचेन्ज

बजाजको ग्रान्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि सञ्चालन भइरहेको छ । ग्राहकले हरेक टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनेछन् । ग्राहकले यो बजाजको ग्रान्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अपग्रेड गरेर अधिक मूल्याकंन, अझ बढी लाभ उठाउन सक्नेछन् ।


नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ ल्याएको छ । असोज १२ गतेदेखि सुरु भएको यो अफर असोज १६ गतेसम्म लागू हुनेछ । ग्राहकले भृकुटीमण्डपमा गएर ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाजको नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीले कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार रुपैयाँसम्मको मूल्याकंन र प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ प्रदान गर्नेछ । ग्राहकले नयाँ बजाज मोटरसाइकलको खरिदमा निःशुल्क हेल्मेट, बाइक कभर, ल्यापटप ब्याग र लेग गार्डजस्ता एसेसरिज पाउने छन् । 

बजाजको ग्रान्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि सञ्चालन भइरहेको छ । ग्राहकले हरेक टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनेछन् । ग्राहकले यो बजाजको ग्रान्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अपग्रेड गरेर अधिक मूल्याकंन, अझ बढी लाभ उठाउन सक्नेछन् ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel