autoexpress

भारतमा सुजुकी एस–प्रेसो सार्वजनिक, नेपालमा २३ लाख पर्ने

मारुती एस–प्रेसोमा १.० लिटरको बीएस६ पेट्रोल इन्जिन छ, जसले ६८ एचपीको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । एस प्रेसोको ह्विलबेस २,३८० एमएम छ । लम्बाई ३६६५ एमएम, चौडाई १५२० र उचाई १५६४ एमएम छ । यो अल्टो के१० भन्दा ठूलो र रेनो क्विड भन्दा सानो छ ।


भारतमा मारुती सुजुकीको एस–प्रेसो भारतीय बजारमा सार्वजनिक भएको छ । नयाँ इन्ट्री लेभलको क्रसओभरको सुरुवाती मूल्य तीन लाख ६९ हजार भारु र टप भेरिएन्टको मूल्य चार लाख ९१ हजार भारु तोकिएको छ ।

मारुती एस–प्रेसोमा १.० लिटरको बीएस६ पेट्रोल इन्जिन छ, जसले ६८ एचपीको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । एस-प्रेसोको ह्विलबेस २,३८० एमएम छ । लम्बाई ३६६५ एमएम, चौडाई १५२० र उचाई १५६४ एमएम छ । यो अल्टो के१० भन्दा ठूलो र रेनो क्विड भन्दा सानो छ ।

एस–प्रेसो चार ट्रिम लेभलमा उपलब्ध हुनेछ । यसले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ भने किलेस इन्ट्री, फ्रन्ट पावर विन्डोज, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल र मल्टी इन्फो डिस्प्ले हुनेछ ।  फ्रन्ट ड्युअल एयरब्याग, ईबीडी सहितको एबीएस लगायत सुरक्षा फिचर जडान गरिएको छ । 

इटालियन कफीको सानो भाग एस–प्रेसोबाट नाम राखिएको सो कारले रेनो क्विड र ड्याटसन रेडी गोसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि सुजुकीको वितरक सीसी मोटोकोर्पले नाडा अटो सोदेखि एस–प्रेसोको बुकिङ सुरु गरिरहेको छ । नयाँ कारको नेपाली बजारमा सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  एस–प्रेसो बुकिङ्ग गर्न चाहने ग्राहकले ५ देखि २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel