autoexpress

बर्षमा ९ अर्बको मोटर बिमा

नेपालमा बढ्दै गएको धुवाँ–धुलो अनि अव्यवस्थित ट्राफिकजामका कारण मानिसहरू आफ्नै सवारीसाधनप्रति आकर्षित हुन थालेका छन् । आजको दिनमा बैंकबाट कर्जा लिएर भए पनि मानिसहरू सवारीसाधन किन्न चाहन्छन् । किनभने यसले सहरी क्षेत्रको जीवनशैली सहज बनाइदिएको छ । तर, सवारीसाधनले जीवनशैलीलाई जति सहज



नेपालमा बढ्दै गएको धुवाँ–धुलो अनि अव्यवस्थित ट्राफिकजामका कारण मानिसहरू आफ्नै सवारीसाधनप्रति आकर्षित हुन थालेका छन् । आजको दिनमा बैंकबाट कर्जा लिएर भए पनि मानिसहरू सवारीसाधन किन्न चाहन्छन् । किनभने यसले सहरी क्षेत्रको जीवनशैली सहज बनाइदिएको छ । तर, सवारीसाधनले जीवनशैलीलाई जति सहज बनाएको छ, उत्ति नै त्रासदीपूर्ण पनि । कमजोर ट्राफिक नियम, अव्यवस्थित सडक, मानिसमा चेतनाको अभावलगायत कारणले सवारीसाधन दुर्घटनाको क्रम पनि उत्तिकै बढेको छ । साथै सवारीसाधन चोरी हुने क्रम पनि बढेको छ । यस्ता घटनाले मध्यमवर्गीय मानिसलाई आर्थिक र मानसिक रूपमा विचलित बनाउँछ । किनभने बैंकबाट लिएको कर्जा वा जेनतेन गरी खरिद गरेको सवारीसाधन दुर्घटना हुँदा वा चोरी हुँदा त्यसबाट हुने आर्थिक संकटबाट उत्रिन मानिसलाई वर्षौं लाग्छ । 

हुन त दसा कहिल्यै बाजा बजाएर आउँदैन । जब आउँछ, तब मानिसलाई विक्षिप्त बनाएर जान्छ । उसो त दसाको दिशा कहिल्यै परिवर्तन गर्न सकिँदैन । तर, यसबाट हुने आर्थिक हानिलाई भने कम गर्न सकिन्छ । अर्थात् सवारीसाधन दुर्घटना वा चोरी भएको खण्डमा हुने आर्थिक क्षतिलाई कम गर्ने उत्तम विकल्प भनेको बिमा हो । त्यसैले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस हुन्छ ।  तर, सवारीसाधनको ब्रान्डप्रति सजग हुने नेपालीहरू यसको सुरक्षाको विषयमा भने उदासीन देखिन्छन् । दुर्घटना कुनै पनि वेला हुन सक्छ । मानिसहरू लाखौँ–करोडौँ लगानी गरेर सवारीसाधन खरिद गर्छन्, तर हजार रुपैयाँ भुक्तान गरी सुरक्षण भने गर्न चाहँदैनन् । 

उसो त सरकारले तेस्रो पक्ष र यात्रु पक्ष बिमालाई अनिवार्य गरेको छ । तर, अझै पनि नेपालमा भित्रिएका सबै सवारीसाधन बिमाको दायरामा आउन सकेका छैनन् । 


९ अर्बको मोटर बिमा

बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा मोटर बिमाबापत कम्पनीले ८ अर्ब ९७ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । उक्त अवधिमा कम्पनीहरूले २२ अर्ब ३५ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका थिए । कम्पनीहरूले जारी गरेको कुल बिमालेखमध्ये मोटर बिमाको हिस्सा ४० दशमलव १६ प्रतिशत रहेको छ । 

मोटर बिमाका प्रकार 

मोटरअन्तर्गत यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारीसाधन मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्र्याक्टर आदि पर्छन् । यान्त्रिक शक्तिले चल्ने भए पनि रेल र स्टिमर मोटर बिमाको परिधिभित्र पर्दैनन् । यसरी हेर्दा दुईपांग्रे र चारपांग्रे इन्धनद्वारा चलाइने साधन नै मोटर बिमाअन्तर्गत पर्छन् । नेपालमा हाल सञ्चालित १७ निर्जीवन बिमा कम्पनीले विभिन्न खालका मोटर बिमा सेवा प्रदान गरिरहेका छन् । 

तेस्रो पक्ष बिमा

आफ्नो सवारीसाधनले अर्को सवारीसाधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पु¥याएको अवस्थामा आइपर्ने आर्थिक जोखिम हस्तान्तरण गर्नु नै तेस्रो पक्ष बिमा हो । यस योजनाअनुसार आफ्नो सवारीसाधनले अन्य साधन वा सम्पत्तिलाई हानि पु¥याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारीधनीले आर्थिक भार लिनु पर्दैन । तर, तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारीधनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजायसमेत भोग्नुपर्ने हुन्छ ।  तेस्रो पक्ष बिमाले मोटरसाइकल दुर्घटना भई तेस्रो पक्षलाई क्षति पु¥याएको अवस्थामा अधिकतम २५ लाख र सामानको क्षति भएमा अधिकतम २५ लाख भुक्तानी गर्छ । त्यस्तै, निजी गाडीले व्यक्ति वा सामानमा क्षति पु¥याएमा अघिकतम ८० लाख भुक्तानी गर्छ । त्यस्तै, व्यावसायिक गाडीबाट भएको दुर्घटनामा अधिकतम  ५० लाख भुक्तानी गर्छ । 

प्योकज बिमा

दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षति, दुर्घटनास्थलबाट मोटर तान्ने खर्च, आफ्नो मोटरले अरूको मोटर, सम्पत्ति, बटुवा वा पक्षीचौपाया आदिलाई क्षति वा हानि पु¥याउने अवस्थाबाट जोगिन यो बिमा गरिन्छ । यस बिमासँगै थप बिमाशुल्क तिरेर अन्य जोखिम पनि थप गर्न सकिन्छ । जस्तै, सवारीचालक तथा अन्य कर्मचारीको बिमा, यात्रुपक्ष बिमा ।  सवारीचालक तथा अन्य कर्मचारी बिमाले मोटर दुर्घटना हुँदा तलबी चालक, सहचालक तथा अन्य कर्मचारीलाई शारीरिक क्षति पुगेको अवस्थामा व्यहोर्नुपर्ने आर्थिक जोखिम वहन गर्छ । बिमा समितिको नयाँ व्यवस्थाअनुसार दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको अवस्थामा कम्पनीले ५–५ लाख रुपैयाँ भुक्तानी गर्छ भने उपचार खर्च तीन लाख भुक्तानी गर्छ । त्यस्तै, यात्रुबिमाले मोटरमा सवार यात्रुलाई लाग्न सक्ने चोटपटकको उपचार खर्च, दुर्घटनाको कारण यात्रुको मृत्यु वा अंगभंग भएमा व्यहोर्नुपर्ने दायित्वबाट जोगाउँछ । यात्रुपक्ष बिमांक रकम बढाएर सरकारले ५ लाख रुपैयाँ बनाएको छ भने मेडिकल खर्च ३ लाख रुपैयाँ पु¥याएको छ । यसअघि यात्रुपक्ष बिमांक रकम ५ लाख रुपैयाँ थियो । समितिले नयाँ व्यवस्था गरेको छ । 


  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel