autoexpress

बजारमा उपलब्ध र गाडी आयातकर्ताले दिने स्पेयर पार्टस् एउटै कम्पनीका उत्पादन हुन्

बजारमा पाइने र गाडी आयातकर्ताले उपलब्ध गराउने स्पेयर पार्टस्को गुणस्तर बारेमा उपभोक्तालाई केही थाहा छैन । उपभोक्तालाई गाडी आयात गर्नेले नै बजारमा रहेको स्पेयर पार्टस् नक्कली हो भनिदिन्छन् । यसरी नक्कली भन्ने शब्दले उपभोक्ता तर्सिने गरेका छन् । कसैले उस्तै देखिने गरी एउटै किसिमको प्याकेटमा सामान दिन्छ भने पो नक्कली हो त ।
 

संजय खेतान, प्रवन्ध निर्देशक, हिमान्सु ईन्टरनेशनल

स्पेयर पार्टसको कारोबारमा कहिलेबाट क्रियाशील हुनुहुन्छ ?

हामी लामो समयदेखी स्पेयर पार्टस्को व्यवसायमा क्रियाशील छौं । आज भन्दा २० बर्षअघि नेपाली बजारमा जापानिज स्पेयर पार्टसको बाहुल्य थियो । हामीले पनि शुरुका दिनमा जापानिज पार्टस्कै कारोबार गरेका हौं । अहिले चाँही भारतीय ब्राण्डका पार्टपुर्जाले नेपालमा राम्रो विश्वास कमाउन थालेका छन् । त्यसैकारण हामीले पनि भारतीय ब्राण्डका पार्टपुर्जाको कारोबारमा बढी ध्यान दिन थालेका छौं ।


उसो भए अहिले तपाईहरुले भारतीय ब्राण्डका स्पेयर पार्टस्को कारोबारमा जोड दिन थाल्नुभएको छ, हैन त ?

यसमा सरकारको नीतिगत दृष्टिकोण पनि मेल खान्छ । अहिले नेृपाली बजारमा भारतमा निर्मित सवारी साधनको कारोबार बढीरहेको छ । सरकारकै नीतिका कारण बिस्तारै जापानिज गाडी आयात कम हुँदै भारतीय गाडीको प्रयोग बढ्न थालेको हो । अहिले त यस्तो स्थिति आइसक्यो की कूल आयातको करिब २–३ प्रतिशत जापानिज गाडी आइरहेको छ, बाँकी सबै भारत र अन्य देशबाट आइरहेको छ भन्ने मेरो बुझाई छ । यसरी जापानिज गाडी बिस्थापित हुँदै जाने र भारतीय गाडीको बर्चोश्व हुने भएपछि पार्टपुर्जा पनि भारतमै बनेको आयात गर्नुपर्ने हुन्छ । 


अहिले तपाईहरुले कुन कुन ब्राण्डका सवारी साधनलाई उपयुक्त हुने पार्टपुर्जा आयात गरिरहनु भएको छ ?

हामीले मूलत बजारमा धेरै खपत भइरहेको पार्टपुर्जा आयात गरी बितरण गरिरहेका छौं । किनभने अहिले आयात भइरहेको गाडीहरुमा धेरै नविनतम प्रविधिका इन्जिन जडान भएका छन् । जसकारण इन्जिनसम्बन्धी पार्टपुर्जाको खासै माग हुने गरेको छैन । अर्कातिर इन्जिनसँग सम्बन्धित पार्टपुर्जा फेर्नुप¥यो भने सवारी साधन प्रयोगकर्ताले गाडी आयातकर्ता कम्पनीसँगै कारोबार गरौं भन्ने धारणा राख्न थालेका छन् । जसकारण अहिले फिल्टर, ब्रेक सु, ब्रेक प्याडलगायतका पार्टपुर्जा आयात गरी उपलब्ध गराइरहेका छौं । बजारमा उपलब्ध हुण्डाई, मारुती सुजुकी, फोर्ड, फक्सवागन, टाटा, महिन्द्रालगायतका ब्राण्डका सवारी साधनलाई लक्षित गरी पार्टपुर्जा उपलब्ध गराइरहेका छौं ।


सवारी साधन आयातकर्ता कम्पनीले नै पार्टपुर्जा आयात गर्ने गरेका छन् । ती पार्टपुर्जालाई जेन्युन र बजारमा अन्य व्यवसायीले आयात गर्ने पार्टपुर्जालाई नक्कली भन्न थालिएको छ । यो बिषयमा तपाईको धारणा के छ ?

यहाँ बुझ्नुपर्ने कुरा के छ भने गाडी उत्पादक कम्पनी आफैंले स्पेयर पार्टस् बनाउँदैन । स्पेयर पार्टस बनाउने कम्पनीबाट आफ्नो गाडीलाई हुने पार्टपुर्जा बनाउन लगाउँछन्, त्यसलाई नै गाडी उत्पादक कम्पनीले आफ्नो ब्राण्डको नाम दिएर जेन्युन भन्ने हो । त्यसैले राम्रो गुणस्तरको स्पेयर पार्टस् बनाउने कम्पनीको पार्टपुर्जा र गाडी धनीले नै जेन्युन भनेर यहाँ उपलब्ध गराइरहेको पार्टपुर्जामा केही फरक हुँदैन । आफ्नो सामान बिक्री गर्नका लागि सवारी साधन आयातकर्ताले बजारमा पाइने स्पेयर पार्टसका बारेमा नराम्रा जानकारी प्रदान गर्ने दुष्प्रचार मात्र गरिएको हो ।


बजारमा पाइने स्पेयर पार्टस् नक्कली हो भनेर दुष्प्रचार गर्ने काम गाडी आयातकर्ताले ने गरेका छन् वा उपभोक्ता आफैं गाडी आयातकर्तालाई बढी विश्वास गरिरहेका छन् । के लाग्छ तपाईलाई ?

बजारमा पाइने र गाडी आयातकर्ताले उपलब्ध गराउने स्पेयर पार्टस्को गुणस्तर बारेमा उपभोक्तालाई केही थाहा छैन । उपभोक्तालाई गाडी आयात गर्नेले नै बजारमा रहेको स्पेयर पार्टस् नक्कली हो भनिदिन्छन् । यसरी नक्कली भन्ने शब्दले उपभोक्ता तर्सिने गरेका छन् । कसैले उस्तै देखिने गरी एउटै किसिमको प्याकेटमा सामान दिन्छ भने पो नक्कली हो त । 

अहिले कुनै ब्राण्डका गाडी उत्पादकले एउटा कम्पनीलाई आफ्नो ब्राण्डमा स्पेयर पार्टस् बनाउन लगाउँछन् । र, त्यसमा आफ्नो गाडीको ब्राण्ड राखेर प्याकेजिङ गर्छन् । यसरी अरु ब्राण्डमा स्पेयर पार्टस बनाउने कम्पनीले आफ््नो ब्राण्डमा पनि उत्पादन गरेर बजारमा स्पेयर पार्टस् पठाउँछ । त्यस्तो सामान कसरी नक्कली हुन्छ ? एउटै कम्पनीले उत्पादन गरेको सामान जसमा एउटै प्रविधि र उही गुणस्तरको सामान प्रयोग भएको छ तर ब्राण्ड मात्र फरक हुन आउँछ भने त्यसलाई नक्कली भन्न मिल्दैन ।


अन्त्यमा, अहिले गाडी आयातकर्ताले अधिकृत सर्भिस सेन्टरमा उपलब्ध गराएको स्पेयर पार्टस प्रयोग गरे मात्र वारेन्टी उपलब्ध  गराउने प्रवृत्ति बढाएका छन् । जसकारण बजारबाट स्पेयर पार्टस खरिद गरी प्रयोग गर्न उपभोक्ता बन्चित छन् । यो कतिको सही काम हो ?

मेरो हिसाबले हरेक उपभोक्ताको बस्तु तथा सेवा खरिदमा आफ्नै अधिकार हुन्छ । आज उपभोक्ताहरुको गुनासो सुनिन्छ की सवारी साधन खरिदकर्ताले आयात गर्ने स्पेयर पार्टस्को प्रयोग  वारेन्टी अवधिभर बाध्यकारी बनेको छ । मेरो मान्यतामा उपभोक्ताले आफ्नो अधिकार प्रयोग गरेर आफ्नो सवारी साधनमा आफुले चाहेको पार्टपुर्जा प्रयोग गर्नुपर्छ ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel