//

नयाँ बाइक किन्न खोज्नेलाई खुसीको खबर, सुजुकी हायते खरिद गर्दा टिभी उपहार

‘बाइक खरिद गरेपछि चढ्ने मानिस मात्र होइन, परिवारका सदस्यहरु पनि खुसी मनाउन सकुन भनेर कम्पनीले हायते मोडलको बाइक किन्दा एउटा टिभी उपहार दिने निर्णय भएको हो’ कम्पनीले विज्ञप्तीमार्फत भनेको छ



काठमाडौं

नयाँ मोटरसाइकल खरिद गर्ने सोच बनाएका उपभोक्तालाई खुसीको खबर छ । नेपालमा सुजुकी मोटरसाइकलकल तथा स्कुटर आयातकर्ता कम्पनी भिजी अटोमोबाइल्स प्रालिले हायते मोडलको बाइक खरिद गर्ने प्रत्येक उपभोक्तालाई ठूलो टिभी उपहार राखेको छ ।

यो टिभी उपहार स्क्रया्च कार्ड मार्फत थोरैले पाउने होइन, बाइक खरिद गर्ने सबैलाई उपहार बापत टिभी प्रदान गर्ने निर्णय भएको भिजी अटोमोबाइल्स प्रालिले जनाएको छ । हायते मोडल सुजुकी ब्राण्डमा धेरै बिक्री हुने बाइक मध्येमा पर्छ । यसको उत्कृष्ट माइलेज र कम मूल्यलाई उपभोक्ताले शुरुका दिनबाट रुचाइरहेका छन् । नेपालको सडक सुहाउँदो बाइक भएकाले निर्धक्क खरिदको निर्णय लिन सकिने कम्पनीले जनाएको छ ।

‘बाइक खरिद गरेपछि चढ्ने मानिस मात्र होइन, परिवारका सदस्यहरु पनि खुसी मनाउन सकुन भनेर कम्पनीले हायते मोडलको बाइक किन्दा एउटा टिभी उपहार दिने निर्णय भएको हो’ कम्पनीले विज्ञप्तीमार्फत भनेको छ । १ माघदेखी लागू भएको योजना ३० माघसम्मका लागि लागू गरिएको छ । कम्पनीले यस योजनालाई ‘सुजुकी हायतका प्यार, प्रत्येक खरिदमा ठूलो टिभी उपहार’ नाम दिएको छ । सुजुकी बाइकमा ५ बर्षको वारेन्टी उपलब्ध गराइएको भिजी अटोमोबाइल्सका बजार प्रबन्धक नवराज कोइरालाले जानकारी दिए ।