autoexpress

दशैंको शुभकामना

नेपालीहरुको महान् चाड बडा दशंैको रौनक शुरु भइसकेको छ । यसपटक तुलनात्मक रुपमा अलि ढिलो दशैं भित्रिएकाले असोजको दोस्रो साताबाटै किनमेल, भेटघाट र जमघट बढेको छ । दशैंमा नयाँ लुगा र मिठो खाना खाने पर्वको रुपमा बुझिन्छ तर पछिल्लो समय नयाँ गाडी चढ्ने



नेपालीहरुको महान् चाड बडा दशंैको रौनक शुरु भइसकेको छ । यसपटक तुलनात्मक रुपमा अलि ढिलो दशैं भित्रिएकाले असोजको दोस्रो साताबाटै किनमेल, भेटघाट र जमघट बढेको छ । दशैंमा नयाँ लुगा र मिठो खाना खाने पर्वको रुपमा बुझिन्छ तर पछिल्लो समय नयाँ गाडी चढ्ने पर्वको रुपमा समेत दशैं विकसित भइरहेको छ । दशंंैले घर आँगनमा खुसीयाली ल्याएको छ ।

 

अटोमोबाइल क्षेत्रका लागि दशैं सधैं विशेष बन्ने गरेको छ । गाडी बिक्री हुने मुख्य सिजनको रुपमा परिचित दशैैंमा गाडी र तिनका स्पेयर पार्टस आयातकर्ताले बिक्री बढाउन र दशैंमा खरिद गर्ने उपभोक्तालाई थप सुविधा प्रदान गर्न उपहार र छुटको योजना ल्याउने गरेका छन् । अहिले पनि सबैजसो कम्पनीले विभिन्न आकर्षक उपहार र छुटको अफर ल्याएर उपभोक्तालाई खरिदको निर्णय गर्न झन् उत्साहित गरिरहेका छन् । गाडी किन्दा केही उपहार पाउने पर्वको रुपमा व्यवसायीले दशैंलाई स्थापित गर्न खोज्नु स्वभाविक रुपमा सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ ।


दशैंमा हुने बिक्रीबाट व्यवसायीले प्रत्येक आर्थिक बर्षको सुखत शुरुवात गर्ने गर्छन् । दशैं अगाडी हुने नाडा अटो शोमा नयाँ गाडी सार्वजनिक हुने गर्छन् । र, उपभोक्ताले दशैंमा बास्तवमै बजारमा भर्खरै भित्रिएको नयाँ गाडी चढ्ने मौका पाउँछन् । धेरै कम्पनीले दशैंमा गाडी किन्ने सोच बनाएका उपभोक्ता लक्षित गरी नयाँ मोडलको कार भित्र्याउने भएका कारण उपभोक्ताले पनि ब्राण्ड न्यू कार चढ्न पाउँछन् । यस्तो मौका अन्य समयमा बिरलै आउँछन् ।


दशैंको सुखद अवसरमा हामी आफ्ना खुसी आम सर्वसाधारण समक्षा साट्न चाहन्छांै । यो घडीमा हाम्रा विज्ञापनदाता, शुभेच्छुक, पाठक, सल्लाहकारलगायतलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं । दशैंले सबैको घरमा सकारात्मक सन्देश लिएर आओस् भन्ने कामना गर्दछौं ।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel