autoexpress

टीभीएसको नयाँ बिक्री योजना, सुरक्षित यात्राको सुरक्षित सहयात्री

परिस्थिति विस्तारै सहज बन्दै गएको छ र अब जीवन फेरि सही ट्रयाकमा आउन लागेको छ । यसैले हाम्रा ग्राहकहरुलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना अघि सारेका छौं । आशा छ, ग्राहकहरुले यस योजनाबाट भरपूर लाभ लिनु हुने नै छ ।


 टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टीभीएस बाइक तथा स्कूटरहरुको नयाँ बिक्री योजना “सुरक्षित यात्राको सुरक्षित सहयात्री”आरम्भ गरेको छ ।

यस योजना अन्तर्गत टीभीएस मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकहरुले जिरो प्रतिशत व्याजदर वा जिरो प्रतिशत डाउनपेमेन्ट वा १० हजार रुपैयाँ स्कूटरमा र १२ हजार रुपैयाँ मोटरसाइकलमा  नगद छुट वा अहिले किन्नुहोस र पछि सरल मासिक भुक्तानी गर्नुहोस् ।  ग्राहकहरुले यो चार योजना मध्ये कुनै एक छनोट गर्न सक्नेछन् । यसैगरी ग्राहकहरुले अनलाइन मार्फत् पनि टिभिएसमोटरसाइकलतथास्कूटर खरीदको लागि अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्नेछ ।

कम्पनीका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘परिस्थिति विस्तारै सहज बन्दै गएको छ र अब जीवन फेरि सही ट्रयाकमा आउन लागेको छ । यसैले हाम्रा ग्राहकहरुलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना अघि सारेका छौं । आशा छ, ग्राहकहरुले यस योजनाबाट भरपूर लाभ लिनु हुने नै छ ।’

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel