autoexpress

टिभिएसको आक्रमक रणनीति, एकै दिन काठमाडौंका तीन स्थानमा थ्री एस सेन्टर थप

बजारमा भित्रिएको टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरहरुमा नयाँ प्रविधि प्रयोग गरिएको बताए । कम्पनीका उपाध्यक्ष अग्रवालले नयाँ सर्भिस सेन्टरसँगै ग्राहकले सहज रुपमा टीभीएस बाइक र स्कुटर किन्नका साथै सर्भिस दिनसक्ने बताए ।



काठमाडौं

टिभिएस ब्राण्डको मोटरसाइकल तथा स्कुटर आयातकर्ता जगदम्बा मोटर्सले उपत्यकाको तीन स्थानमा एक साथ अधिकृत शोरुम, सर्भिस र स्पेयर पार्टस् (थ्री एस) सेन्टर बिस्तार गरेको छ । कम्पनीले भक्तपुरको कौशलटार, ललितपुरको कुपन्डोल र काठमाडौंको संतुगलमा आधुनिक थ्री एस सेन्टर संचालन गरेको हो ।

नयाँ थ्री एसको उद्घाटन गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवालले बजारमा अत्याधुनिक सुविधासम्पन्न शोरुम, सर्भिस र स्पेयर पार्टस् सेन्टर खोलेर टिभिएसका उपभोक्तालाई बढी भन्दा बढी सेवा दिन लागि परेको जानकारी दिए । 

उनले अहिले बजारमा भित्रिएको टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरहरुमा नयाँ प्रविधि प्रयोग गरिएको बताए । कम्पनीका उपाध्यक्ष अग्रवालले नयाँ सर्भिस सेन्टरसँगै ग्राहकले सहज रुपमा टीभीएस बाइक र स्कुटर किन्नका साथै सर्भिस दिनसक्ने बताए ।

सबैमा बिक्री सर्भिस र स्पेयर सुविधा समेत रहेको जगदम्बा मोटर्सका सर्भिस म्यानेजर श्यामकृष्ण महर्जनले जानकारी दिए । नयाँ सर्भिस सेन्टर आधुनिक प्रविधियुक्त रहेका छन् ।

यसबाट समयको बचत हुनको साथै कम्पनीले बिक्रीपछि ग्रहाकलाई दिने सेवाहरु दिने जगदम्बा मोटर्सका सर्भिस म्यानेजर महर्जनले बताए । तीनवटै सर्भिस सेन्टरबाट टीभीएस मोटरसाइकल र स्कुटर सर्भि्सिङ सेवा दिने कम्पनीले जनाएको छ ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel