autoexpress

चितवनका अटो व्यवसायीद्वारा यातायात मजदुरलाई राहत वितरण

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष एवं चितवन चेम्बरका उपाध्यक्ष गोपाल भट्टराईले यातायात एवं अटोमोबाइल क्षेत्रमा रहेका मजदुर, मेकानिक्स, चालक , सहचालकलाई दैनिक जीवनयापन गर्न कठिन भएकोले राहत सामाग्री वितरण गरिएको बताए ।


चितवनका अटोमोबाइल व्यवसायीहरुले जिल्लामा रहेका यातयात मजदुर, मेकानिक्स, श्रमिक लगायतलाई खाद्यान्न वितरण गरेका छन् । 

चितवन अटो मेकानिकल व्यवसायी संघ र अटोमेकानिकल वचत तथा ऋण सहकारी संस्था, नारायणढको सहकार्यमा आज एकसय घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष एवं चितवन चेम्बरका उपाध्यक्ष गोपाल भट्टराईले यातायात एवं अटोमोबाइल क्षेत्रमा रहेका मजदुर, मेकानिक्स, चालक , सहचालकलाई दैनिक जीवनयापन गर्न कठिन भएकोले राहत सामाग्री वितरण गरिएको बताए । ‘उनीहरुमाथि नत राज्यको आंँखा पर्यो नत स्थानीय सरकारको नै’ उनले भने, ‘काम र माम नपाएकालाई हामीले राहत वितरण गरेका हौं ।’ उनका अनुसार त्यस्ता घर परिवारलाई तीन हप्तालाई पुग्ने चामल, दाल, पिठो, चना, सोयाबिन लगायतका खाद्य सामाग्री वितरण गरिएको छ । 


वितरण कार्यक्रममा बोल्दै अटोमेकानिकल बचत तथा ऋण सहकारीका अध्यक्ष नारायणप्रसाद कँडेलले भारत र जिल्ला बाहिर घर भएर यहांँ अटोमोबाइल क्षेत्रमा काम गर्ने मजदुरलाई लक्षित गरी राहत सामाग्री वितरण गरिएको बताए । उनका अनुसार लकडाउनका कारण यातायात क्षेत्र अस्तव्यस्त रहेको र यसको टुंगो निश्चित नरहेकोले यो क्षेत्रमा आश्रितलाई राहत सामग्री वितरण गरिएको हो । 

हाल संस्थाले जिल्लामा रहेका जोकोही यातायात मजदुर, श्रमिक, मेकानिक्सलाई राहत लिन आउन आग्रह गरेको छ । राहत वितरण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने कँडेलको भनाई छ ।उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको ३६ वटा बस्तुगत संघले लकडाउन शुरु भए देखि नै राहत वितरण र खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel