autoexpress

चहलपहल बढ्दै

यो बर्ष अझ धेरै नयाँ कार सार्वजनिक हुने तरखरमा छन् । अहिले नयाँ कार खरिद गर्न ५० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्ने र बैंकको चर्कौ ब्यजमा फाइनान्स गनुैपर्ने अवस्था छ । जसकारण धेरै उपभोक्ता उपयुक्त समय कुरेर बसेका छन् । त्यसैले अहिले बिक्री संख्यामा सन्तोषजनक स्थिति सृजना नभएको धेरै व्यवसायीको गुनासो छ ।

अगं्रेजी नयाँ बर्ष सन् २०१९ शुरु भएपछि सुस्ताएको अटोमोबाइल बजारमा केही चहलपहल देखिन थालेको छ । खासगरी नयाँ सवारी साधन भित्राउने क्रम बढेको छ, जसकारण बिक्री गर्ने र खरिद गर्नेबीच चासो बढेको छ भने प्रचार प्रसारका गतिविधि पनि बढ्दै गएका कारण बिस्तारै चासो बढ्न थालेको छ । सन् २०१९ को दुई महिना अवधिमा करिब आधा दर्जन नयाँ सवारी साधन भित्रिसकेका छन्, जुन पक्कै पनि राम्रो संकेत हो । यो अवधिमा शुरुवात भने टाटाको एनआरजी कारले गरेको थियो । ह्याचब्याक सेग्मेन्टको उक्त कार सिप्रदी टे«डिङले आयात र बितरण गरिरहेको छ । त्यसपछि रेनोको लोकप्रिय एसयुभी डस्टरको नयाँ भेरिएन्ट सार्वजनिक भयो । लगत्तै हुण्डाईको इलेक्ट्रिक कार कोना सार्वजनिक भएको थियो । विद्युतीय बजारको आकार बढ्दै गरेको अवस्थामा हुण्डाईले दोस्रो इलेक्ट्रिक कार भित्र्याएको हो । यसअघि सेडान सेग्मेन्टको आयोनिक कार भित्र्याएको थियो ।

हुण्डाई यतिमा मात्र रोकिएन, उसले सन् २०१४ देखी आयात बन्द भएको सबैभन्दा लोकप्रिय ह्याचब्याक सेन्ट्रोलाई नयाँ अवतारमा सार्वजनिक गरेको थियो । ११ सय सिसी क्षमताको सेन्ट्रोको अहिले सोचेअनुरुपको बिक्री भइरहेको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । त्यसपछि एसयुभी सेग्मेन्टको बजारमा दह्रिलो उपस्थिति जनाउन निसानको किक्स सार्वजनिक भएको छ । जुन नेपालस्थित अधिृकत आयातकर्ता पायोनियर मोटोकर्पले टेरानोपछि भित्रयाएको उत्कृष्ट कार हो ।

यो बर्ष अझ धेरै नयाँ कार सार्वजनिक हुने तरखरमा छन् । अहिले नयाँ कार खरिद गर्न ५० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्ने र बैंकको चर्कौ ब्यजमा फाइनान्स गनुैपर्ने अवस्था छ । जसकारण धेरै उपभोक्ता उपयुक्त समय कुरेर बसेका छन् । त्यसैले अहिले बिक्री संख्यामा सन्तोषजनक स्थिति सृजना नभएको धेरै व्यवसायीको गुनासो छ । अटोमोबाइल क्षेत्र विकासको सूचक हो । त्यसैले यो क्षेत्रलाई नियन्त्रण गर्ने होइन, फैलन दिने कुरामा सरकार गम्भिर भएर सोच्नुपर्छ । सरकारले बर्र्र्षेनी नयाँ सवारी साधन थप्नुको पछाडी कार्यसम्पादन सहज बनाउने नै हो, त्यसरी नै सर्वसाधारणले पनि सवारी 

साधनको पहुँचमा आफूलाई उभ्याएर दैनिक कार्यसम्पादन सहज बनाउन तल्लिन् छ । सर्वसाधारणको यो भावना बुझेर सरकारले उचित नियम, कानूनको कार्यान्वयन गर्नु जरुरी छ ।


  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel