autoexpress

किस्ता सार्न र जरिवाना नलिन यातायात व्यावसायीको अनुरोध

अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर यातायात क्षेत्रमा पनि परेको छ । व्यवसायीहरुले लाखौं रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गर्दै आएकाले व्यावसाय बन्द हुँदा बैकको किस्ता तथा व्याज तिर्न नसक्ने भएका छन् । यस्तो परिस्थितिमा कतिपय यातायातका साधनले समयमा राज्यलाई कर तिर्न, बीमा रकम भुक्तानी गर्न सकेका छैनन्।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्कालका लागि बैंकको व्याज र किस्ता स्थगन गर्न माग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको जोखिम बढेसँगै सरकारले चैत १० देखि २१ गतेसम्म देशभर सञ्चालित सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाएको थियो । सावरी साधन सञ्चालन बन्द हुँदा बैंकको किस्ता र व्याज तिर्न नसकिने उनीहरुको भनाइ छ ।

‘अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर यातायात क्षेत्रमा पनि परेको छ । व्यवसायीहरुले लाखौं रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गर्दै आएकाले व्यावसाय बन्द हुँदा बैकको किस्ता तथा व्याज तिर्न नसक्ने भएका छन् । यस्तो परिस्थितिमा कतिपय यातायातका साधनले समयमा राज्यलाई कर तिर्न, बीमा रकम भुक्तानी गर्न सकेका छैनन्’– महासंघका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘सरकारलाई तत्कालका लागि कागजपत्रमा जरिवना नगर्ने व्यवस्था र बीमा फेलको अवस्थालाई यथावत गर्दै सम्पूर्ण सवारी कागजातहरुमा लाग्ने जरिवना नलाग्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’

त्यस्तै, लकडाउनको समयमा अत्यावश्यक सामग्री ढुवानी गर्ने कर्मचारी, चालक र सहचालकले बाटोका पसल बन्द हुँदा खानासमेत खान नपाएको महासंघले जनाएको छ । सरकारले यातायात मजदूर, कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।


  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel