autoexpress

कर तिर्ने अवधि असोज मसान्तसम्म थप गर्न नाडाको अनुरोध

सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउनको कारण आर्थिक कारोबार मात्र ठप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै प्राय बन्द रहेको अवस्थामा आन्तरिक राजश्व विभागले जेष्ठ २५ गतेसम्म सवै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोधले विशेष ध्यानाकर्षण भएको नाडाले जनाएको छ। 


नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद आउँदो असोज मसान्तसम्म थप गर्न आग्रह गरेको छ। 

नेपाल सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउनको कारण आर्थिक कारोबार मात्र ठप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै प्राय बन्द रहेको अवस्थामा आन्तरिक राजश्व विभागले जेष्ठ २५ गतेसम्म सवै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोधले विशेष ध्यानाकर्षण भएको नाडाले जनाएको छ। 

व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन हुने नाडाका महासचिव सुनिल रिजालले बताए । 

रिजालले आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल अशोज मसान्तसम्म थप गरी सवै अटोमोवाइल व्यवसायीहरुको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माणका लागि आग्रह गरे ।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel