autoexpress

एमजी गाडी जेठ ७ गतेभित्र जाँचपास गरेका थियौंः प्यारामाउन्ट

कम्पनीका महाप्रबन्धक सचिन अर्यालले एलसी खोले पनि कोरोनाका कारण ढिला गाडी आएको बताउँदै यो अवधिमा छुटेका १ सय २० वटा गाडी बुकिङ गरेका उपभोक्तालाई पुरानै मूल्यमा उपलब्ध गराइने जानकारी दिए । 


एमजी गाडीको नेपालको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बजेट अघि आएको विद्युतीय गाडी पुरानै मूल्यमा बिक्री गर्ने जनाएको छ ।

‘कोरोनाका कारण समयमा गाडी आउन सकेन । समयमै गाडी नआएकाले जेठ ७ गतेसम्म हामीले जाँचपास गरिसकेका थियौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले केही महिना अगाडि हाम्रा ग्राहकले अग्रिम बुकिङ गरेको आधारमा एलसी खोलेका थियौं । त्यही आधारमा गाडी नेपाल भित्रिन थालेको हो ।’

कम्पनीका महाप्रबन्धक सचिन अर्यालले एलसी खोले पनि कोरोनाका कारण ढिला गाडी आएको बताउँदै यो अवधिमा छुटेका १ सय २० वटा गाडी बुकिङ गरेका उपभोक्तालाई पुरानै मूल्यमा उपलब्ध गराइने जानकारी दिए । 

कम्पनीका अनुसार कात्तिक २९ गते १५ वटा गाडीको एलसी खोलेको र वैशाख १७ गते भन्सार छुटाइएको थियो । यस्तै कम्पनी गत मंसिर १३ गते ३० वटा गाडी एलसी खोलेको र वैशाख १७ गते छुटाएको दाबी गरेको छ । कम्पनीले पुस ८ गते ७५ वटा गाडीको एलसी खोलेको र जेठ ७ गते जाँचपास भएको जनाएको छ ।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel