autoexpress

एफसिसी ब्राण्डको स्पेयर पार्टस्बारे मेकानिक्सलाई जानकारी

नेपाली बजारका लागि एफसीसीको आधिकारिक वितरक एसटीसी बिजनेश लिड्ढ प्रालिका निर्देशक लक्ष्मीप्रसाद उप्रेतीले सहभागी सबै मेकानिक्सहरुलाई स्वागत गर्दै गुणस्तरीय क्लचको प्रयोग गर्नका लागि आग्रह गरेका थिए ।



एफसीसी ब्राण्डको स्पेयर पार्टस्का बारेमा मेकानिक्सहरुलाई जानकारी दिइएको छ । मेकानिक्स मिटमा ललितपुरका बाइक मेकानिक्सहरुका बीच एफसीसी ब्रान्डको क्लच, क्लच प्लेट, क्लच एसेम्बली आदिका वारेमा यथेष्ट जानकारी दिइएको थियो । जापानको एफसीसी कम्पनी लिमिटेडका आईसीटी हेड कावा सिमा, एफसीसी क्लच इन्डिया प्रालिका आफ्टर मार्केट हेड रमेन्द्र बर्मा र एनपीडी म्यानेजर विपिन कुमारले एफसीसी क्लचको उत्पादन प्रक्रिया, यसको बजार, यसका विशेषता र बिक्री पछिको सेवाको वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए ।