autoexpress

एनआइयूका स्कुटरमा ५० हजारसम्मको छुट

स्टाइलिस उच्च माइलेज तथा पोर्टएबल ब्याट्री जस्ता बिशेषताले  एनआइयूका स्कुटर नेपाली बजारमा लोकप्रिय छ । चाडपर्वको अवधिमा स्कुटर खरिद गर्नेले सात हजारदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् । 


एनआइयू ब्रान्डका बिद्युतीय स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले फेस्टिभ अफर सार्वजनिक गरेको छ । दसै तथा तिहारको अवधिमा एनआइयू स्कुटर किन्दा ५० हजार रुपैयाँसम्म छुट पाइनेछ । 

चाडपर्वको अवधिमा स्कुटर खरिद गर्नेले सात हजारदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् ।  यस अवधिमा स्कुटर खरिद गर्ने ग्राहकले  निःशुल्क हेलमेट प्राप्त गर्नेछन् । मोटर तथा ब्याट्रीमा दुई वर्षको वारेन्टीसमेत प्रदान गरिनेछ ।

विगत दुई वर्षदेखि एनआइयूका  स्कुटर नेपाली बजारमा बिक्री वितरण भइरहेकोछ। बिद्युतीय सवारी प्रति ग्राहकको बढ्दो आकर्षण लागि सम्बोधन गर्न छुटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त लाभ एनआईयूको माइतीघर, नक्साल, पोखरा, बुटवल र इटहरी शोरुमबाट लिन सकिन्छ । 

स्टाइलिस उच्च माइलेज तथा पोर्टएबल ब्याट्री जस्ता बिशेषताले  एनआइयूका स्कुटर नेपाली बजारमा लोकप्रिय छ । 

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel