autoexpress

इन्टरनेसनल रोड फेडेरेसनको वार्षिक साधारण सभा सम्पन्न

स्विजरल्याण्डको जेनेभामा केन्द्रिय कार्यालय रहेको महासंघले मुलतः सडक सञ्जालको अध्ययन र अनुसन्धान, सडक यातायात सम्बन्धी विश्व स्तरिय प्रतिबेदन तयार, दिगो सडक र सुरक्षित मोबिलिटीको लागि सरकारी र गैरसरकारी संघ संगठनसँग सहकार्य, युएन र विकास बैंकसँग नीतिगत लबिङ अनि आफ्ना सदस्यहलाई प्राविधिक सहयोग गर्दछ ।


इन्टरनेसनल रोड फेडेरेसन अर्थात आईआरएफ (International Road Federation-IRF) को वार्षिक साधारण सभा तथा आंशिक निर्वाचन  अप्रिल २२ गते सम्पन्न भएको छ । 

स्विजरल्याण्डको जेनेभामा केन्द्रिय कार्यालय रहेको महासंघले मुलतः सडक सञ्जालको अध्ययन र अनुसन्धान, सडक यातायात सम्बन्धी विश्व स्तरिय प्रतिबेदन तयार, दिगो सडक र सुरक्षित मोबिलिटीको लागि सरकारी र गैरसरकारी संघ संगठनसँग सहकार्य, युएन र विकास बैंकसँग नीतिगत लबिङ अनि आफ्ना सदस्यहलाई प्राविधिक सहयोग गर्दछ ।

नासा फाउन्डेसनका गोविन्द भट्टराई र नासा नेपालका सुबास भट्टराईले सो साधारणसभामा प्रतिनिधित्व गरेका थिए ।

स्विजरल्याण्डमै हुने साधारण सभा कोरोना भाइरस समस्याका कारण अनलाइन मिटिङ एप जुममार्फत पहिलोपटक आयोजना गरिएको हो ।

सभामा गत वर्षको प्रगति प्रतिवेदन र अडिट रिपोर्ट, चालू आवको कार्य योजना तथा आगामी आवको लागि प्रस्तावित कार्यक्रम पेश गरिएको थियो ।

त्यसै गरि रिक्त रहेको बोर्ड सदस्यहरुमा अस्ट्रेलियन रोड रिसर्च बोर्डका सीइओ माइकल कल्ताबायनो, नेसनल कम्पनी अफ मोटर वेज अफ मोरोकोका अध्यक्ष अनौर बेताजौर, ट्रान्सपोर्टेसन अफ मेक्सिकोका अल्फोसनो पारा डे भाली, रोड मार्किङ सिस्टम अष्ट्रियाका फिलिप सरोभ्स्कि, पेरोडस अफ सर्बियाका स्लोबोदान वासुरिक र टर्किस रोड्स एसोसिएसनका हमादी आइदिन निर्वाचित भएका छन् ।

गत वर्ष भएको निर्वाचनबाट भने फेडरेसनको अध्यक्षमा युरोपियन टोल रोड एसोसिएसनका विल हल्कैस, चिनिया हाइवे एण्ड ट्रान्सपोर्टेसन सोसाइटीका वेन्जी लिउ चयन भएका थिए । त्यस्तै ग्रिसका दिमित्रिज मन्दालोजिसलाई कोषाध्यक्ष र बेलायतका टोनी मार्शल, तान्जानियाका जोसेफ ओ हाउले र चीनका जियान लोङ झेन पनि गत वर्ष नै सदस्य चयन भएका थिए ।

फेडरेसनको प्रेसिडेन्टको इमिरेट्समा भारतका विश्व प्रसिद्ध कन्ट्रयाकटर किरण कपिला छन् भने महानिर्देशकमा इटालीका सुस्न्ना जमातारो रहेकी छिन् ।

नासा फाउन्डेसन नेपाल बिगतदेखि आईआरएफको नेपाल सदस्य रही आएको छ । गत वर्ष काठमाडौँमा सम्पन्न BRITA सम्मेलनमा आईआरएफका अध्यक्ष र उपाध्यक्ष सहितको सहभागिता थियो ।

सडक यातायात आज विकासको पनि पूर्वाधार हो । पोलिसी, प्लानिङ तथा रिसर्च क्षेत्रमा विश्वब्यापी ख्याति रहेको IRF बाट नेपालले पनि निकै फाइदा लिन सक्छ ।

नलेज सेयरिङ, नेटवर्किङ, पोलिसी एण्ड एड्भोकेसी र डाटा एनलाइसिस ४ वटा क्षेत्रलाई मुख्य कार्य बनाएको आईआरएफको आगामी साधारण सभा कतारमा गर्ने निर्णय गरिएको नासा फाउन्डेसनले बताएको छ ।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel