//

अल न्यु डटसन् गो मध्यम वर्ग लक्षित उच्चस्तरीय ह्याचब्याक

निसान मोटर कम्पनी लिमिटेडकोे सन् २०१२ को मार्चमा निसानको तेस्रो अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा पुनरागमन भएको हो । डटसनले आफ्ना ग्राहकलाई मोटरिङ अनुभव प्रदान गर्दै आएको दाबी गरेको छ । डटसनले निसानको एक महत्वपूर्ण अंगका रूपमा रही जापानिज कारको १ सय ८ वर्षको अनुभवलाई प्रतिनिधित्वसमेत गरेको कम्पनीले उल्लेख गरेको छ । डटसनले भारत, इन्डोनेसिया, रसिया तथा दक्षिण अफ्रिकामा सन् २०१४ देखि बिक्री वितरण गर्दै आएको छ । सन् २०१४ देखि नेपालमा पायोनियर मोटो कर्पद्वारा डटसन कारको बिक्री प्रारम्भ गरिएको हो । 

मूल्यः २४,९९,००० – २६,९९,०००


प्यासेन्जर भेहिकल सेग्मेन्टमा ह्याचब्याक कारको सबैभन्दा ठूलो बजार छ । सानो र छरितो आकार तथा सस्तो मूल्य भएका कारण सुरुमा कार प्रयोग गर्न चाहनेको रोजाइमा ह्याचब्याक पर्दै आएको छ । नेपालजस्ता विकासशील राष्ट्रमा कमजोर क्रयशक्ति भएका नागरिकमाझ ह्याचब्याकको लोकप्रियता स्वभाविक रूपमा बढ्ने गर्छ ।

ह्याचब्याकको बढ्दो बजारलाई लक्षित गरी निसान मोटर कम्पनीले ‘इकोनोमी ब्रान्ड’का रूपमा डटसनलाई प्रवद्र्धन गरिरहेको छ । नेपाली बजारमा डटसन् ब्रान्डका ह्याचब्याक कार मात्र उपलब्ध छन् । सबैभन्दा ठूलो बजार हिस्सा भएको सेग्मेन्टमा डटसनले आफ्नो उपस्थिति बलियो बनाउन रेडी गो, गो र गो प्लस तीन मोडल उपलब्ध गराएको छ । र, तीनवटै मोडललाई नेपाली बजारमा सफलता दिलाइरहेको छ ।

डटसनको नेपालस्थित अधिकृत आयातकर्ता पायोनियर मोटोकर्पले उत्कृष्ट ह्याचब्याकको छवि बनाउन सफल ‘गो’ मोडलको फेसलिफ्ट भर्सन केहि समय अगाडि सार्वजनिक गरिसकेको  छ । फेसलिफ्ट भर्सन आएपछि ह्याचब्याक सेग्मेन्टमा आफ्नो उपस्थिति थप बलियो हुने कम्पनीको अपेक्षा छ । डटसन् कार काठमाडौंमा थापाथली र उत्तरढोकास्थित कम्पनीका आधिकारिक सोरुम तथा देशभर १३ स्थानबाट उपलब्ध छ । 


‘अल न्यु डटसन् गो’ मोडलको तीन भेरिएन्ट गो ‘ए’ (ओ), गो ‘टी’ र गो ‘टी’ (०) रहेका छन् । कम्पनीले सुरुवाती मोडल गो ए (ओ) को मूल्य २४ लाख ९९ हजार रूपैयाँबाट सुरु गरेको छ । नेपाली बजारमा डटसनलाई सस्तो मूल्यमा उत्कृष्ट कार उपलब्ध गराउने ब्रान्डका रूपमा बुझ्न थालिएको छ ।

नयाँ ‘डटसन् गो’ कारमा अभूतपूर्व विशेषताहरू रहेको कम्पनीको दाबी छ । यसमा विद्यमान रहको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलबाट ड्राइभिङ अनुभवको जीवन्तता प्राप्त गर्न सकिन्छ । कारमा नयाँ युगको लागि जापनिज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षाजस्ता पक्षहरूको सर्वोत्तम प्याकेज प्रदान गरिएको छ । नयाँ डटसन् गो मा २८ विभिन्न विशेषता तथा सयभन्दा बढी अपडेट भएका फिचर पाउन सकिन्छ । नयाँ डटसन् गो मा राइड कन्ट्रोल एड्भान्स सस्पेन्सन सिस्टम छ । यो कार एक हजार २ सय सिसी क्षमताको पेट्रोल इन्जिनमा उपलब्ध छ । कारले १९ दशमलव ८३ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता राख्छ । बाहिर हेर्दा स्पोर्र्टी तथा भित्र बस्नको लागि धेरै स्पेस भएको, डटसन् कारले कारधनीलाई अतिरिक्त सुरक्षा, वेस्ट–इन–क्लास स्पेस, तथा गतिशीलता प्रदान गर्ने कम्पनीको भनाइ छ । 


तथ्य

निसान मोटर कम्पनी लिमिटेडकोे सन् २०१२ को मार्चमा निसानको तेस्रो अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा पुनरागमन भएको हो । डटसनले आफ्ना ग्राहकलाई मोटरिङ अनुभव प्रदान गर्दै आएको दाबी गरेको छ । डटसनले निसानको एक महत्वपूर्ण अंगका रूपमा रही जापानिज कारको १ सय ८ वर्षको अनुभवलाई प्रतिनिधित्वसमेत गरेको कम्पनीले उल्लेख गरेको छ । डटसनले भारत, इन्डोनेसिया, रसिया तथा दक्षिण अफ्रिकामा सन् २०१४ देखि बिक्री वितरण गर्दै आएको छ । सन् २०१४ देखि नेपालमा पायोनियर मोटो कर्पद्वारा डटसन कारको बिक्री प्रारम्भ गरिएको हो । कम्पनीले देशका ४ विभिन्न स्थानमा आफ्नै सोरुम तथा ललितपुरमा आधुनिक सेन्टरहरूबाट सेवा प्रदान गर्दै आएको छ । भविष्यमा डिलर नेटवर्कको माध्यमबाट थप १२ स्थानमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । 



विशेषता


एनड्रोइड अटोप्ले र एप्पल कार प्लेको साथ ७ इन्चको टच अडियो

१४ इन्चको डायमन्ड–कट एलोई ह्विल

डुयल एयर ब्याग

एबिएस, इबिडी तथा पार्किङ सेन्सर

१८० एम.एमको ग्राउन्ड क्लियरेन्स

२४५० एम.एमको ह्विल बेस

२ सय ६५ लिटर लगेज स्पेस

४ दशमलव ६ एमएम टर्निङ रेडियस