autoexpress

अब ३० प्रतिशत डाउनपेमेन्टमै सवारी किन्न पाइने

सवारीसाधन ऋण खुकुलो पार्नका लागि अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्र बैंकलाई मौखिक आग्रह गरिसकेको स्रोतको भनाई छ । राष्ट्र बैंकले पनि मन्त्रीको आग्रहलाई स्वीकार गर्दै ऋण प्रवाहमा खुकुलो नीति लिने जानकारी गराइसकेको छ।


सरकारले निजी सवारीसाधन ऋण खुकुलो गर्ने भएको छ । ऋणमा कडाइ गर्दा सवारी आयातमा कमी आएर राजस्व संकलनमै असर गरेपछि ऋण खुकुलो बनाउन लागिएको हो । ऋणमा कडाई नगर्न सरकारले  राष्ट्र बैंकलाई आग्रह गरेको छ । 

सवारीसाधन ऋण खुकुलो पार्नका लागि अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्र बैंकलाई मौखिक आग्रह गरिसकेको स्रोतको भनाई छ । राष्ट्र बैंकले पनि मन्त्रीको आग्रहलाई स्वीकार गर्दै ऋण प्रवाहमा खुकुलो नीति लिने जानकारी गराइसकेको छ।

अहिले ४० लाखको गाडी किन्नु पर्‍यो भने २० लाख ग्राहक आफैंले हाल्नु पर्छ। बाँकी २० लाख रूपैयाँ मात्र बैंकले ऋण दिन्छन्। केही वर्ष अघिसम्म ८० प्रतिशत डाउपेमेन्टमा सवारी खरिद गर्न सकिन्थ्यो । 

यसरी डाउनपेमेन्टमा कडाइ गरेपछि सवारीसाधन खरिदका लागि ऋणमा कमी आएको थियो। गाडी बिक्न छाडेपछि ब्यवसायीले आयात गर्न पनि छाडेका थिए। यही कारण राजस्वमा उल्लेख्य कमी आएपछि सरकारले केही खुकुलो हुन आग्रह गरेको हो। 

राष्ट्र बैंकले बैंकहरूले ऋण दिने सीमा ५० प्रतिशतलाई बढाएर ६५ देखि ७० प्रतिशतसम्म पुर्‍याउने तयारी गरेको छ। ८५ अर्बको शोधनान्तर घाटा २३ अर्ब ३० करोड रूपैयाँ बचतमा पुगिसकेको सन्दर्भमा सवारीसाधन ऋणमा धेरै कडाइ गर्न नहुने तर्कमा अर्थमन्त्री पनि सहमत देखिएका छन् । यसले पनि सवारी कर्जा खुकुलो हुनेमा व्यवसायी बढी आशाबादी देखिएका छन् ।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel