autoexpress

अप्रिलियाको पहिलो क्रसओभर स्कुटर स्ट्रोम , मूल्य २,२४,९००

भेस्पाले छोटो समयमै नेपाली जनताको मन जित्न सफल भएको उनको दाबी छ । यहीकम्पनीले अप्रिलिया ब्राण्डको स्पोर्टिङ्ग रेसिङ्ग बाइक र स्कुटर पनि उत्पादन गर्दै आएको छ । अप्रिलिया २९४ ग्राण्ड पिक रेसहरु जितेर विश्वमै सबैभन्दा बढि रेसिङ प्रतियोगीता जित्ने इतिहाँस बनाउन सफल भएको ब्राण्ड हो । यस्तो ब्राण्ड उत्पादन गर्ने कम्पनी संग जोडिन पाएकोमा खुसी लागेको दुगडले बताए । 



अप्रिलियाको उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजि भएको स्ट्रोम स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । २३ जेठमा ललितपुरको लबिम मलमा एक कार्यक्रम गरी स्कुटर सार्वजनिक गरिएको हो । यो स्कुटर भारतीय बजारमा पनि सोही दिन सार्वजनिक भएको थियो । नेपाल–भारतमा एकै दिन सार्वजनिक भएर स्ट्रोमले दुर्लभ इतिहास बनाएको छ

यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको हो । आरामदायी फिचर राखिएकाले सबै उमेर समूह र बर्गका लागि स्कुटर उपयुक्त छ । यसमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएको छ । जसले गर्दा यात्रालाई शक्तिसाली तथा आरामदायी राइडिङ्ग अनुभव दिलाउँछ ।

अप्रिलिया स्ट्रोम दुइवटा रङ्ग म्याट रातो र पहेंलो ग्राफिकमा उपलब्ध छ । यसले इटालीको उच्च प्रबिधि र वनावटको दक्षता प्रस्तुत गर्दछ ।

१२ इन्चको फराकिलो स्पोर्टस अलोय ह्विल उपलब्ध छ । अप्रिलिया स्ट्रोम राजमार्ग र अफ रोड दुवै बाटोको लागि उपयुक्त छ । उत्कृष्ट फिचरको संयोजन भएकाले अरु स्कुटरको तुलनामा अफरोडमा सुरक्षित र आरमदायी छ ।

नयाँ स्कुटरलाई दुगड ब्रदर्स एण्ड सन्स प्रालिका अध्यक्ष मोतीलाल दुगडले सार्वजनिक गर्दै खुसी ब्यक्त गरेका छन् । उनले नेपाली ग्राहकको मन जित्न सफल हुने बिश्वास ब्यक्त गरेका छन् । 

त्यस्तै कार्यक्रममा दुगड ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगडले नेपाली बजारमा अप्रिलिया स्ट्रोमको बिशेष मूल्य निर्धारण गरेको बताए । उनका अनुसार असार मसान्तसम्मको लागि २ लाख २४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । 

अप्रिलियाको प्रिमियम प्रोडक्ट बिषेश मुल्यमा नेपाली ग्राहकहरुलाई उपलब्ध गराउन सकेकोमा उनले खुसी ब्यक्त गरेका छन् । उनले भेस्पाको बारेमा समेत जानकारी दिएका छन् । उनले भने, ‘सन् १९४६ मा स्थापित भएको यो एउटा इटालियन कम्पनी हो र यो आफ्नो बिशेष डिजाइन र प्रबिधिको लागि विश्वमै ख्याती प्राप्त गर्न सफल भएको कम्पनी हो ।’ नेपाली बजारमा भेस्पाको बिक्री बितरण सन् २०१५ देखि शुरु भएको हो । 

भेस्पाले छोटो समयमै नेपाली जनताको मन जित्न सफल भएको उनको दाबी छ । यहीकम्पनीले अप्रिलिया ब्राण्डको स्पोर्टिङ्ग रेसिङ्ग बाइक र स्कुटर पनि उत्पादन गर्दै आएको छ । अप्रिलिया २९४ ग्राण्ड पिक रेसहरु जितेर विश्वमै सबैभन्दा बढि रेसिङ प्रतियोगीता जित्ने इतिहाँस बनाउन सफल भएको ब्राण्ड हो । यस्तो ब्राण्ड उत्पादन गर्ने कम्पनी संग जोडिन पाएकोमा खुसी लागेको दुगडले बताए । 

त्यस्तै कम्पनीका हेड अफ अपरेशन (भेस्पा÷अप्रिलिया) विजय महतोले कम्पनीको बजार बिस्तारका बारेमा जानकारी दिएका थिए । उनले नेपालमा आक्रमक ढंगले बजार बिस्तार गर्न  लागेको बताए । ‘हाल २२ वटा बिभिन्न शाखा तथा डिलरहरु मार्फत बिक्री बितरण गरिरहेका छौं । आगामी ६ महिना भित्र थप १० वटा नयाँ सहरमा डिलर नियुक्त गर्ने योजनामा छौं ।’

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel