autoexpress

अनलक योर लकडाउनः बीएमडब्ल्यु बाइकमा ६५ हजार बराबरको अफर

अनलक योर लकडाउन अफर अन्तर्गत दुई अप्सनमा अफर प्राप्त गर्न सकिने छ । पहिलो अप्सन अन्तर्गत बीएमडब्ल्यु एड्भेन्चर प्याकेज, बीएमडब्ल्यु र अल्पाइनस्टारको आधिकारिक ज्याकेट, ट्राउजर, ग्लोब्स तथा बीएमडब्ल्यु मोटराडका एसेसरिज पाइने छन् ।


नेपालका लागि बीएमडब्ल्यु बाइकको आधिकारिक वितरक टर्क मोटर्सले ‘अनलक योर लकडाउन अफर’ अन्तर्गत ६५ हजार रुपैयाँ बराबरको छुट अफर सार्वजनिक गरेको छ । 

यस अन्तर्गत दुई अप्सनमा अफर प्राप्त गर्न सकिने छ । पहिलो अप्सन अन्तर्गत बीएमडब्ल्यु एड्भेन्चर प्याकेज, बीएमडब्ल्यु र अल्पाइनस्टारको आधिकारिक ज्याकेट, ट्राउजर, ग्लोब्स तथा बीएमडब्ल्यु मोटराडका एसेसरिज पाइने छन् ।

त्यसैगरी दोस्रो अप्सन अन्तर्गत एजीभी हेल्मेट, फुल इन्स्योरेन्स र ३ वर्ष सम्मको अनलिमिटेड किलोमिटर अर्थात सर्भिसिङ उपलब्ध गराइने छ । यी बाइकका लागि सहज फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीले बताएको छ ।

कम्पनीले ल्याएको अफरमा सजिलै फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । बीएमडब्ल्युका काठमाडौं, बुटवल, चितवन, पोखरा र विर्तामोड शोरुमबाट यी अफर अन्तर्गतका सुविधा पाउन सकिने छ ।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel