autoexpress

अटो लोनले सजिलो

७ वर्षभन्दा माथि अवधिका लागि अटो लोन लिन चाहनेका लागि भने बेस रेटमा २ प्रतिशत प्रिमियम जोडेर ब्याजदर लिने जनाएको छ । अन्य सेवा तथा शर्तहरु भने राष्ट्र बैंकले तोकेअनुसारको हुने यस बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले नाडा अटो शोलाई लक्षित गर्दै अटो लोनका लागि नयाँ स्कीम ल्याएको जनाएको छ । बैंकले आधार दरमा ०.५ प्रतिशतमात्रै प्रिमियम थप गरेर अटोलोन उपलब्ध गराउने जनाएको छ । 



युनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रालि तथा त्यस संस्थाका आधिकारिक डिलरहरूबाट खरिद गरिएका टोयटा ब्रान्डका सम्पूर्ण सवारीसाधनमा गरिमा बैंकले लगानी गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा १२ वर्षका लागि १ सय ४४ महिनाको सरल किस्ताबन्दी कर्जा दिने योजना ल्याएको हो । 

उक्त योजनासम्बन्धी सम्झौतामा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनाइटेड टे«डर्स सिन्डिकेट्स प्रालिका महाप्रबन्धक महेश कुमारले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार गरिमा विकास बैंकबाट टोयटा कम्पनीको लिभा इटियोस गाडी मासिक २९ हजार २ सय २ रुपैयाँ, इटियोस क्रस मासिक ३३ हजार ४ सय १९ रुपैयाँ तथा हालै बजारमा आएको टोयोटा रस ५३ हजार २ सय ३२ रुपैयाँको मासिक किस्तामा ग्राहकले लिन सक्नेछ । कम्पनीले सम्पूर्ण मोडेलका गाडीहरूमा १२ वर्षे कर्जा उपलब्ध गराउनेछ । यसका साथै पर्यटन व्यवसायीका लागि पनि यस ब्रान्डका सवारीसाधनलाई समेत यो स्किम दिन सकिने बैंकले जनाएको छ । यो कर्जा सुविधा यस बैंकका सम्पूर्ण ६१ शाखा कार्यालयबाट पाइनेछ । 


एनआइसी एसियाको १५ बर्षे अटो लोन
एनआइसी एसिया बैंकले ‘एनआइसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस्, आफ्नो सपना साकार’ भन्ने नाराका साथ ‘चामत्कारिक सवारी कर्जा’ ल्याएको छ । सवारी कर्जा योजना नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहनेले लाभ उठाउन सक्ने बैंकले जनाएको छ । 

यो कर्जा तुरुन्तै स्वीकृति हुनेछ । त्यस्तै कर्जाको अधिकतम १५ वर्षसम्मको भुक्तानी अवधि हुनेछ । सवारीको मूल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम सुरु हुने बैंकले जनाएको छ । त्यस्तै आंशिक अथवा पूर्ण रूपमा विनाकुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने यो कर्जाको मासिक ब्याजदर ०.९ प्रतिशत तोकिएको छ । यो कर्जा लिँदा प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिने बैंकले जनाएको छ । 


बैंकहरुबीच प्रतिस्पर्धा
लक्ष्मी बैंकले अटो लोनका लागि विशेष स्कीम नलिए पनि नाडा अटो शो चलिरहेका कारण अटो लोन लिन चाहनेका लागि ब्याजदरमा केही सहजता प्रदान गर्ने जनाएको छ । बैंकले दिएको जानकारी अनुसार अटो लोनका लागि १३.२३ प्रतिशत ब्याजदर तोकेको छ । तर, नाडा अटो शो चलिरहेका कारण ११.१४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस्तो कर्जाको अवधि भने ९ वर्षसम्मका लागि हुने बताएको छ । लक्ष्मी बैंकको वेभसाइटमा आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराउन सकिने उल्लेख गरेको छ । ग्लोबल आइएमई बैंकले पनि राष्ट्र बैंकको नियम अनुसार बेस रेटमा अधिकतम ५ प्रतिशत प्रिमियम लिने जानकारी दिएको छ । यस बैंकले अटो लोन दिँदा कर्जा लिने व्यक्तिका बारेमा अध्ययन गरेर शून्य प्रतिशत प्रिमियममा समेत कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार अटो लोन पुरानो वा नयाँ दुबै सवारी साधनका लागि उपलब्ध गराउने छ । यसको अवधिमा भने ७ वर्षको हुने छ । एभरेष्ट बैंकले नाडा अटो शोलाई लक्षित गर्दै अटो लोनमा नयाँ स्कीम ल्याएको जनाएको छ । यस बैंकले ५ वर्ष अवधिसम्मको अटो लोनका लागि आधार दर (बेस रेट) मा १.५४ प्रतिशत ब्याजदर लिने जनाएको छ ।


७ वर्षभन्दा माथि अवधिका लागि अटो लोन लिन चाहनेका लागि भने बेस रेटमा २ प्रतिशत प्रिमियम जोडेर ब्याजदर लिने जनाएको छ । अन्य सेवा तथा शर्तहरु भने राष्ट्र बैंकले तोकेअनुसारको हुने यस बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले नाडा अटो शोलाई लक्षित गर्दै अटो लोनका लागि नयाँ स्कीम ल्याएको जनाएको छ । बैंकले आधार दरमा ०.५ प्रतिशतमात्रै प्रिमियम थप गरेर अटोलोन उपलब्ध गराउने जनाएको छ । यस बैंकले प्रोसेसिङ शुल्क भनेर १ प्रतिशत लिने जनाएको छ । बैंकले दिएको जानकारी अनुसार उक्त कर्जाको अवधि भने अधिकतम् १० वर्षको हुनेछ । स्टाण्डर्ड चार्टर्ड बैंकले यतिबेला आफ्नो गन्तव्य अब आफ्नै सवारीमा’ भन्ने स्किम ल्याएको छ । यस बैंकले ९.४९ प्रतिशतसम्ममा नै अटो लोन उपलब्ध गराउने जनाएको छ । बैंकका सूचना अधिकारी सुजित श्रेष्ठले दिएको जानकारीअनुसार यस्तो कर्जाको पहिलो वर्ष आधार दरमा १.६२ प्रतिशत प्रिमियम जोडेर ब्याजदर लिने र दोस्रो वर्ष आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर ब्याजदर लिने छ । बैंकले यसका लागि प्रोसेसिङ शुल्क १ प्रतिशत लिने र क्रेडिट कार्ड निशुल्करुपमा उपलब्ध गराउने समेत जानकारी दिएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार यो अफर असोज २० गतेसम्ममात्रै लागू हुनेछ ।


नेपाल इन्भेष्टमेन्ट बैंकले १२ प्रतिशतभन्दा कम ब्याजदरमा अटो लोन उपलब्ध गराउने जानकारी दिएको छ । यस बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम प्लस गरेर अटोलोन उपलब्ध गराउने जनाएको छ । यस बैंकको आधार दर ११.६६ प्रतिशत रहेको छ । अर्थात ११.६६ प्रतिशतमा ०.५ प्रतिशत जोडेर अटो लोनका लागि ब्याजदर तय गर्नेछ ।


  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel