//

नेपालमै बनेका विद्युतीय मोटरबाइक आज सार्वजनिक हुँदै

कम्पनीले दुई मोडल ‘पी जेरो’ र ‘पी वान’ लाई सो समारोहबाट सार्वजनिक गर्ने तयारी गरेको हो ।

आजबाटै दुवै बाइकको बुकिङ पनि खुला हुनेछ ।



नेपालमै बनेका विद्युतीय मोटरबाइक आज सार्वजनिक हुँदै

काठमाडौं । यात्री मोटर्सले नेपालमै निर्माण गरेका विद्युतीय बाइक आज शुक्रबार भर्चुअल समारोहमाझ सार्वजनिक गर्दै छ । कम्पनीले दुई मोडल ‘पी जेरो’ र ‘पी वान’ लाई सो समारोहबाट सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीको वेबसाइट र सामाजिक सञ्जालबाट भर्चुअल लञ्चको प्रत्यक्ष प्रसारण  हुनेछ । सोही अवसरमा दुवै मोडलका मूल्य र स्पेसिफिकेसन सार्वजनिक गरिने छ ।

यसअघि कम्पनीले ‘पी जेरो’ को स्पेसिफिकेसनलाई सार्वजनिक गरेपनि ‘पी वान’को बारेमा केही पनि खुलासा गरेको थिएन । यात्री मोटर्सले आज दुवै बाइकको मूल्य तथा फिचरलाई सार्वजनिक गर्ने छ । आजबाटै दुवै बाइकको बुकिङ पनि खुला हुनेछ । वेबसाइटबाटै क्रेताले अनलाइन भुक्तानी समेत गर्नसक्ने छन् ।

बाइक किन्न चाहनेहरुलाई कम्पनीले डाउन पेमेन्टको सुविधा पनि दिने भएको छ । 

बाइक बुकिङ गर्नेहरुका लागि कम्पनीले मूल्यमा छुट नदिए पनि क्यास प्राइजको व्यवस्था गर्ने बताएको छ ।