//

होण्डाको कार किन्दा ५० प्रतिशत डाउन पेमेन्ट गरे, ब्याज नलाग्ने

कम्पनीले होण्डा सिटी भी एमटी २०१८ मोडलको खरिदमा पनि ५ वर्षे र ७ वर्षे कर्जाको लागि फरक व्याजदर तोकेको छ । २० प्रतिशत डाउन पेमेन्ट गर्दा ५ वर्षको लागि ४ प्रतिशत र ७ वर्षको लागि ६ प्रतिशत व्याजदर कायम गरिएको छ । ३० प्रतिशत डाउन पेमेन्ट गर्नेको लागि ३ प्रतिशत र ५.५० प्रतिशत, ४० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई २ र ५ प्रतिशत, ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई १ र ४ प्रतिशत व्याज लाग्ने जनाइएको छ ।



होण्डाले व्याज नलाग्ने स्कीममा कार विक्री गर्ने भएको छ । स्याकार ट्रेडिङले नयाँ वर्ष २०७८ को अवशर पारेर यो स्कीम ल्याएको हो ।

कम्पनीले आफ्नो २०१५ मोडल सिभिक भिस्टा र २०१८ मोडल होण्डा सिटी भी एमटीमा व्याज नलाग्ने स्कीम सार्वजनिक गरेको छ । यो स्कीममा डाउन पेमेन्ट पनि ग्राहकले आफ्नो छनोट अनुसार २० प्रतिशत, ३० प्रतिशत, ४० प्रतिशत, ५० प्रतिशत र त्योभन्दा माथि पनि गर्न पाउने जनाएको छ ।

होण्डाले आफ्नो स्टक क्लियरेन्स गर्न यस्तो अफर ल्याएको हो । यो अफरमा होण्डा सिभिक २०१५ मोडल खरिद गर्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर ५ वर्षको लागि बाँकी रकम कर्जा लिएमा ३ प्रतिशत व्याज लाग्छ भने ७ वर्षको लागि कर्जा लिएमा ४.५० प्रतिशत व्याज लाग्ने जनाएको छ ।

यदि ३० प्रतिशत डाउन पेमेन्ट गर्ने हो भने ५ वर्षको कर्जामा २ प्रतिशत र ७ वर्षको कर्जामा ३.५० प्रतिशत व्याज लाग्छ । ४० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई ५ वर्षे किस्तामा कुनै व्याज लाग्ने छैन भने ७ वर्षे कर्जा लिनेले २.५० प्रतिशत व्याज तिर्नुपर्छ । ५० प्रतिशत र त्योभन्दा बढी डाउन पेमेन्ट गर्नेले ७ वर्षसम्मको लागि कर्जा लिँदा व्याज तिर्नु पर्दैन । कम्पनीले सिभिकको मूल्य ६८ लाख रुपैयाँ तोकेको छ ।

कम्पनीले होण्डा सिटी भी एमटी २०१८ मोडलको खरिदमा पनि ५ वर्षे र ७ वर्षे कर्जाको लागि फरक व्याजदर तोकेको छ । २० प्रतिशत डाउन पेमेन्ट गर्दा ५ वर्षको लागि ४ प्रतिशत र ७ वर्षको लागि ६ प्रतिशत व्याजदर कायम गरिएको छ । ३० प्रतिशत डाउन पेमेन्ट गर्नेको लागि ३ प्रतिशत र ५.५० प्रतिशत, ४० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई २ र ५ प्रतिशत, ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई १ र ४ प्रतिशत व्याज लाग्ने जनाइएको छ ।

६० प्रतिशत डाउन पेमेन्ट गरेर किन्नेले ५ वर्षको किस्तामा लिने हो भने व्याज तिर्नु पर्दैन भने ७ वर्षको किस्तामा किन्दा २.५ प्रतिशत व्याज तिर्नु पर्छ । होण्डा सिटी भी एमटीको मूल्यभने ५० लाख ९० हजार रुपैयाँ रहेको छ ।

होन्डाको स्कीममा ७० प्रतिशत डाउन पेमेन्टगर्दा २०१८ र २०१९ मोडलका कारमा अत्यन्त कम र विना व्याजमा पनि कर्जा सुविधा पाइन्छ ।