//

आईएमई मोटर्सका ग्राहकलाई समृद्धि फाइनान्समा सहुलियत पूर्ण कर्जा

सम्झौता अनुसार फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।


आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालि र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियत पूर्ण कर्जाहरु लगानी गर्न सम्बन्धी समझौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियत पूर्ण कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधान कार्यलय हेटौंडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौंडासहित नारायणगण, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरु रहेका छन् ।

एलसीभी सेग्मेन्ट अन्तर्गत दोस्त मोडल ( Pickup, Container, Refrigeration Van, Passenger Van) का सवारी साधनहरु विभिन्न प्रयोजन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहोर महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आईएमई ग्रुप सन् २००१ मा स्थापना भएको र रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल-टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आईएमई ग्रुप निरन्तर लाग्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।