//

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ र डिजल तथा मट्टितोलको मूल्यप्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ र डिजल तथा मट्टितोलको मूल्यप्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

त्यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य २ रुपैयाँले बढाएर ७४ रुपैयाँ बनाइएको छ । 

यति गर्दा पनि निगमलाई पाक्षिकरुपमा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा छ ।