फोर्ड फिगो नयाँ इन्जिनमा आउने, महिन्द्राको एमस्टालिन इन्जिन राखिने

साझेदारीमा कार निर्माण गर्दा खर्च कटौती हुन्छ । महिन्द्रा धेरै नयाँ मोडलमा काम गरिरहेको छ भने फोर्ड नयाँ मोडल ल्याउने तयारीमा छ । जानकारीका अनुसार नयाँ फोर्ड फिगो सन् २०२१ को अन्त्य बजारमा उपलब्ध हुनेछ । नयाँ फोर्ड फिगो धेरै परिवर्तन देख्न सकिन्छ । त्यसको एक महत्वपूर्ण हिस्साको रुपमा इन्जिन रहेको छ ।


फोर्ड फिगो नयाँ इन्जिनमा आउने भएको छ । फोर्ड फिगो महिन्द्राको एमस्टालिन पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । यो इन्जिन महिन्द्राले भारतीय अटो सो २०२० मा सार्वजनिक गरेको थियो । महिन्द्रा र फोर्ड साझेदार कम्पनी हुन् । साझेदार कम्पनी भएकाले यी दुईले इन्जिन प्लेटफर्म सेयर गर्ने भएका हुन् ।

साझेदारीमा कार निर्माण गर्दा खर्च कटौती हुन्छ । महिन्द्रा धेरै नयाँ मोडलमा काम गरिरहेको छ भने फोर्ड नयाँ मोडल ल्याउने तयारीमा छ । जानकारीका अनुसार नयाँ फोर्ड फिगो सन् २०२१ को अन्त्य बजारमा उपलब्ध हुनेछ । नयाँ फोर्ड फिगो धेरै परिवर्तन देख्न सकिन्छ । त्यसको एक महत्वपूर्ण हिस्साको रुपमा इन्जिन रहेको छ ।

फोर्ड फिगोमा महिन्द्राको नयाँ एमस्टालिन पेट्रोल इन्जिन राखिनेछ । जुन इन्जिन डाइरेक्ट इंजेक्सन वा टर्बोचार्जिङ मोडल हुनेछ । महिन्द्राको थारमा यो इन्जिन उपलब्ध छ । फिगोमा १.२ लिटरको एमस्टालिन पेट्रोल इन्जिन हुनेछ । यो इन्जिनले ९६ बीएचपी शक्तिमा ११९ न्यूटन मिटर टर्क प्रदान गर्छ । हाल फिगो १.२ लिटर पेट्रोल, १.५ लिटर पेट्रोल र १.५ लिटर डिजल इन्जिनमा उपलब्ध छ ।