फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ खुल्ला

सन् २०२१ संस्करण इकोस्पोर्ट बीएस–६ आधारित  पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण  मूल्यमा वुकिङ खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ ।


काठमाडौं । जीओ अटोमोबाईल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ खुल्ला गरेको छ । सन् २०१३ मा विक्री सुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट÷श्रेणी मा नै खेल परिवर्तकको रुपमा आएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी÷सेगमेन्ट नै पुन ः परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ । 

सन् २०२१ संस्करण इकोस्पोर्ट बीएस–६ आधारित  पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण  मूल्यमा वुकिङ खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लिटर टीआई–भीसीटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

 इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएस–६ मा आधारित १.५ लिटर टीडीसीआई डिजल इन्जिन रहेको छ । जसले १०० पीएस पवार र २१५ एनएम टर्क के प्रदान गर्दछ । र, यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । यस इकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ ।  साथै यो सन् रुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।

२०२१ इकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । 

इकोस्पोर्टका फिचर यस्ता छन् 

चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ ।

यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त एसआईएनसी थ्री  सिस्टम, एप्पलकारप्ले तथा एण्ड्रोइड अटो अनुकुलतामा टप–इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।

 ९ ईन्च टचस्क्रीन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेशन रहेको छ ।

सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतमप्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट÷स्टप, डीआरएल रेन सेन्सिङवाइपर लगायत छ ।