//

बीएस–६ मापदण्डको फाइदा, यस्ता छन्

बीएस–६ मापदण्डका सवारी बीएस–४ मापदण्डका सवारीको तुलनामा पेट्रोल वा डिजेल इन्धनबाट निक्लिने नाइट्रोजन अक्साइडको मात्र २५ प्रतिशतसम्म र सल्फरको मात्रा पाँच गुणासम्म कम हुनेछ 


भारतले सन् २०२० को अप्रिलदेखि बीएस–६ (भारत स्टेज) प्रदुषण मापदण्ड लागू गरेको छ । यसको उद्देश्य भनेको सवारीसाधनबाट निस्किने प्रदुषण कम गर्नु हो । भारतमा बीएस–४ पछि सिधै बीएस–६ लागू गरिएको हो । बीएस–५ मापदण्ड भारतमा जारी गरिएन । सवारी प्रदुषण नियन्त्रण गर्न भारतले यस्तो नियम बनाएको हो । नेपालमा भित्रिने धेरै गाडी भारतीय प्लानमै निर्माण हुन्छन् । सन् २०२० अप्रिलदेखि भारतमा बीएस–६ भन्दा कम मापदण्डका गाडी उत्पादन भएका छैनन् । अब नेपालमा पनि भित्रिने गाडीहरु पनि बीएस–६ मापदण्डकै हुन्छन् ।

बीएस–६ मापदण्डका  फाइदा यस्ता छन् 

बीएस–६ प्रदुषण मापदण्डमा निर्माण हुने सवारीको इन्जिनबाट निस्किेने धँुवामा कार्बनडाइअक्साईड, नाइट्रोजन अक्साईड, सल्फरलगायत कम परिणामा निस्किन्छ । यसले वातावरण सवारीको धँुवाबाट कम प्रभावित हुन्छ ।

बीएस–६ मापदण्डका सवारी बीएस–४ मापदण्डका सवारीको तुलनामा पेट्रोल वा डिजेल इन्धनबाट निक्लिने नाइट्रोजन अक्साइडको मात्र २५ प्रतिशतसम्म र सल्फरको मात्रा पाँच गुणासम्म कम हुनेछ ।

बीएस–६ इन्जिनले बीएस–४ इन्जिनको तुलनामा धेरै माइलेज दिन्छ ।

बीएस–६ सवारी बीएस–४ सवारीको तुलनामा खरिद मूल्य महँगो भएता पनि दिर्घकालिन रुपमा भने किफायती नै रहन्छ ।