बालाजुमा मोटरहेड मोटरसाइकलको ‘थ्रि एस’ शाखा विस्तार

मोटरहेड मोटरसाइकलले बालाजुमा ‘थ्रि एस’ शाखा विस्तार गरेको छ ।

मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ग्राहकसामु आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गरेको जनाएको छ ।

एसजी अर्गनाइजेसनअन्तर्गत मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्ट्सको शाखा उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजालले गरेका हुन् ।


शुक्रबार भएको उद्घाटनमा विशेष अतिथिका रुपमा नेपाल रिकन्डिसन एसोसिएसनका पूर्वअध्यक्ष बीएन पाठक तथा नेपाल अटो ट्रेड युनियनको तर्फबाट माधव पाण्डेको उपस्थिति थियो ।

अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सबल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको यस कम्पनीले ललितपुर र भक्तपुरपश्चात् यो तेस्रो शाखा ग्राहकहरुको सहजताको निमित्त सञ्चालनमा ल्याएको कम्पनीका जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए ।

कम्पनीले बालाजु शाखा उद्घाटन अवसरमा ग्राहकलाई नयाँ मोटरसाइकल खरिदमा १५ हजार छुट, स्पेयर पार्टसमा १० प्रतिशत छुट, सर्भिसिङ चार्जमा ५० प्रतिशत छुट रहेको बताएको छ ।

कम्पनीले टेक्कन २५०, स्क्राम्बर २५०, स्पोर्टस रोड २५०, स्पोर्टस अफरोड २५०, एक्स–टर्क २५०, एमएच–२००एक्स, एमएच–१५०आर गरी डर्ट, स्क्रयाम्ब्लर र क्रसओभर सेगमेन्टगरी ७ मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

 कम्पनीले मोटरहेड ब्राण्डका आफ्ना ग्राहकहरुको क्रेज र ब्राण्डप्रतिको मोहलाई अझ बढाउन दिन भविष्यमा अन्य मोडलहरु अत्याधुनिक प्रविधिको साथ बजारमा ल्याउने बताएको छ ।

मोटरहेडको धोबीघाट, गठ्ठाघर र बाजालुमा शाखाबाहेक उपत्यकामै टेकु र चाबहिलमा डिलर रहेका छन्। काभ्रेको बनेपासहित उपत्यकाबाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगञ्ज, सुर्खेत, इटहरी, वीरगञ्जमा समेत डिलर रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ग्राहकहरुमा दुविधा नरहोस् भन्ने उद्देश्यले नै यस ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन सुरुवाती कालदेखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको बताएको छ ।

जोशीले भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारिक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्स सञ्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने विश्वास दिलाए ।