काठमाडौंका यी स्थानका यातायात कार्यालय खुले

कात्तिक १२ गतेदेखि नै कार्यालय खुले पनि कर्मचारीमा कोरोना संक्रमण निको नभएको र कर्मचारी व्यवस्थापनमा समस्या भएकाले कार्यालय नखुलेको जनाइएको छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकलले मंगलबार देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण र सवारी साधनको नामसारीको कार्य सुरु गरेको छ । कार्यालयले जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लटेका सवारीसाधनको ब्लुबुक नवीकरण गर्नेछ ।


काठमाडौं उपत्यकामा रहेका सवारी कार्यालयहरुमध्ये सतुंगलस्थित मोटरसाइकल कार्यालय सञ्चालनमा आएको छ । दसैं बिदा सुरु हुनुपूर्व नै कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको भन्दै उपत्यकाका सबै यातायात कार्यालय बन्द भएका थिए ।

कात्तिक १२ गतेदेखि नै कार्यालय खुले पनि कर्मचारीमा कोरोना संक्रमण निको नभएको र कर्मचारी व्यवस्थापनमा समस्या भएकाले कार्यालय नखुलेको जनाइएको छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकलले मंगलबार देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण र सवारी साधनको नामसारीको कार्य सुरु गरेको छ । कार्यालयले जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लटेका सवारीसाधनको ब्लुबुक नवीकरण गर्नेछ ।

त्यस्तै प्रत्येक फाँटबाट १० वटा नामसारी हुने गरि प्रत्येक दिन कुल ६० वटा टोकन वितरण हुने र टोकन लिएका सवारीसधनीहरुको मात्र उक्त दिन नामसारी हुने सूचनामा उल्लेख छ । यसबाहेक ब्लुबुकको प्रतिलिपी, सरुवा सहमति, नामसारी रोक्का, लगत कट्टा, दर्ता खारेज, सवारी साधन विवरण लगायतका अन्य सेवाहरु नियमित रुपमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।

भक्तपुरको सल्लाघारी र सानो भ¥याङमा रहेका सेवा कार्यालयसमेत मंगलबारदेखि खुलेका छन् । सेवा कार्यालयहरुले पनि जोरबिजोरका आधारमा सेवा दिने भन्दै सूचना जारी गरेका हुन् ।

एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय साना र ठूला सवारी भने कहिलेदेखि खुल्ने निश्चित भएको छैन । कार्यालयले हालसम्म सञ्चालनको विषयमा सूचना जारी गरेको छैन । धेरै जना कर्मचारी संक्रमित भएकाले आगामी सातादेखि कार्यालय खुल्ने गरि सूचना आउने कार्यालयले जनाएको छ ।