आई पे रेमिट मार्फत कारोबार गर्दा बाईक जित्ने अवसर

उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्नेछन । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टीभी जित्नेछन् । तथा १ जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुप बाईक जित्न सक्नेछन् । 


आई पे रेमिट प्रालिले नेपालीहरुको महान् चाडपर्व दसैं, तिहार र छठकोे समय लाई लक्षित गरी आई पे रेमिट बाट पैसा आयो उपहारमा बाईक पायो भन्ने विशेष उपहार योजना र्सावजनिक गरेको छ । यस योजनाअन्तर्गत आई पे रेमिटको मलेसिया लगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । यस योजनाको अवधि कार्तिक १ गते देखि मंसिर ५ गते सम्म रहने छ ।

उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्नेछन । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टीभी जित्नेछन् । तथा १ जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुप बाईक जित्न सक्नेछन् । सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ र सोको जानकारी आई पे रेमिट प्रा. लि को आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिने छ ।

आई पे रेमिट प्रालिले स्थापना कालदेखि नै ग्राहकहरुलाई छिटो, छरितो तथा सर्वसुलभ रुपमा आफ्ना देशभरि छरिएर रहेका १०,०००ं साझेदारहरु बाट रकम भुक्तानी साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा तुरुन्तै पैसा जम्मा (रियल टाईम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको कम्पनीका मार्केटिङ तथा सेल्स प्रबन्धक रुपनारायण श्रेष्ठले जानकारी दिए ।