जनता लाइसेन्स पाउनबाट बञ्चित, धान खेतमा भेटियो तीन सय लाइसेन्स

‘कार्यालयको पर्खालको पछाडि धान खेत छ । बुधबार खेतमा काम गरिरहेका खेतालाहरूले लाइसेन्स भेटेर कार्यालयमा बुझाए । हामीलाई पनि यसबारे जानकारी भएन । यो घटना कसरी भयो भन्ने अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।


जनकपुरको धान खेतमा फालिएको अवस्थामा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ ।

यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर वितरणका लागि पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको यातायात व्यवस्था कार्यालय, जनकपुरका निमित्त कार्यालय प्रमुख वीरेन्द्र साहले जानकारी दिए ।

‘कार्यालयको पर्खालको पछाडि धान खेत छ । बुधबार खेतमा काम गरिरहेका खेतालाहरूले लाइसेन्स भेटेर कार्यालयमा बुझाए । हामीलाई पनि यसबारे जानकारी भएन । यो घटना कसरी भयो भन्ने अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

कार्यालयको ताला नफुटेकाले पनि यो घटना रहस्यमयी भएको उनको भनाइ छ ।

‘हाम्रै कर्मचारीको कमजोरी पनि हुनसक्छ । यो विषयमा हामी गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौं,’ साहले भने ।